“अंकल तपाईंको सम्पर्क नम्बर दिनुहोस् न ।”
“९८०४…………….”
जुन दिन निकेश र अर्चनाको प्रथम भेट भएको थियो अर्चनाको वाकवोली निस्केर पहिलो वाक्य नै सम्पर्क नम्वर मागेको र निकेशले आफ्नो नम्बर दिएको कुरा वाहेक उनीहरूबिच अरू कुनै कुरा हुन पाएन । उनीहरूको भेट त्यस्तो समयमा भएको थियो जहाँ भीडमात्र थियो र अन्य कुरा गर्ने समय र परिस्थिति पनि थिएन साथै उनिहरू दुवै हतारोमा थिए । तर किन हो कुन्नि अर्चनालाई के कुराले प्रेरित ग¥यो र निकेशकै सम्पर्क नम्बर माग्न पुगिन् यसमा उनले आफैलाई बुझिनन् ।
अर्चना सरिफ, शिष्ट, बोली भएकी होचो र मोटो कदकी गहुँगोरी, रातो कुर्ता, नीलो सुरुवालमाथि सेतो सलले आफूलाई सजाएकी अन्दाजी २०÷२२ वर्ष जतिकी केटी थिइन । उनको बोलाइ, हिँडाइ तथा कपडा लगाउने शैली एकदमै मिलेको र भर्खरभर्खर यौवन चढेको जस्तो देखिने शरीर र रक्तकणित गालाले अर्चनालाई सुनमा सुगन्ध थप्ने काम गरेको थियो । पूर्वी पहाडी जिल्ला भोजपुरको दुर्गम गाउँ प्याउली भञ्ज्याङ्ग भन्ने ठाउमा जन्मेकी र त्यहीको खोला, पहरा, वन जङ्गलमा घाँस सोतर, दाउरा पात र बाख्रा चराउँदै मीठा मधुर भाकाले वन रन्काउदै आफ्नो वाल्यकाल बिताएकी हुनाले उनलाइ अभैmपनि आफूमा वालापनको आभास अत्याधिक मात्रामा रहेको थियो ।
पहाडी जनजीवन त्यसमापनि निम्न मध्यम वर्गको किसानको घरमा जन्मिएको र प्रथम छोरी भएको कारण भाइ बहिनीको रेखदेख गर्ने जिम्मा पनि उनको थाप्लोमा थियो भने घरमा रहेका गोटा १५÷१६ वटा बाख्रालाई दिनहुँ आहारको खोजी पनि उनैले गर्नुपर्दथ्यो । यस्तो परिवेशमा रहेर पनि अर्चना गाउँको एक डेड घण्टा हिँडेर भएपनि अध्ययन मार्गमा पाहिला चाल्दा चाल्दै हाल १२ कक्षा उतीर्ण गरी उच्च शिक्षाको लागि सुकुना क्याम्पसमा अध्ययन गर्ने क्रममा मधेशको गर्मीसँगै मितेरी लगाउन पुगेकी थिइन् ।
वास्तवमा मानवले सबै प्रकारका वातावरण, दुःख, कष्ट झेल्ने अघोर शक्ति लिएर आएको हुन्छ । त्यसैको कारण हिमाली भेगमा पाइला टेकेको मान्छे तराईको गर्मीसँग पनि पौठेजोरी खेल्दै आफूलाई अगाडि बढाइरहेको हुुुुुुुुुुुुुुुुन्छ । त्यस्तै परिबेश अर्चनामा आएको थियो ।
पहाडी केटी, पहाडमै हुर्केकी ,पहाडमै पढेकी कारण उनलाई तराईको वातावरणको खासै पहिचान नभएको र सादा जीवनमा रमाउने नारी भएका कारण उनका हेलमेलका साथी सँगातीहरू न्यून नै रहेका थिए ।
एक्ली आइमाई टाडा जानु हुँदैन, छोरीलाई घरायसी झमेलामा मात्र रुमल्याएर राख्नु पर्दछ भन्ने रुढीबादी चिन्तनले ग्रस्त पछौटे समाजकी नारी भएर पनि घर छोडेर पढ्न जाने हिम्मत अर्चनाले बनाउन सफल भइन् । यो नै उनको पुरानो सामाजिक परिपाटीप्रतिको प्रथम संघर्ष थियो । घरायसी कामकाजको चौपट्ट घेराभित्र रुमलिएर भएपनि अध्ययन मार्गमा लागेकी अर्चना देशमा भएको १० बर्षे युद्व रक्तपातपूर्ण युग र ऐतिहासिक जनआन्दोलन चलेको कुरा रेडियो समाचार र ठुलाबडाहरूको कुराकानीबाट जानकारी पाउँथिन् ।
अध्ययनको कमीले यसबारेमा उनमा नवीनतम् धारणा बनाउन सकेकी थिइनन् ।
प्याउली भञ्ज्याङ्मा दश कक्षामा पढ्दा बन्दुक बोकेका, जनताको मुक्ति गर्ने भन्दै मानिसहरू गाउँमा आएका थिए । त्यही समूहको कुराले अर्चनाको मुटु छोयो । खासगरी गाउँघरमा हुने हेपाहा प्रवृति, सामन्तीहरूको शोषण र महिलामुक्तिको कुराले उनलाई साह्रै उत्साहित ग¥यो । यसैले अर्चनामा केही हदसम्म भएपनि राजनैतिक सोच र चिन्तनको विकास भयो । उनमा जोश र उमङ्ग जागेपनि वास्तविक मुक्तिमार्गको बारेमा खाँटी कुरा नबुझेर गोल चक्करमा नै फस्ने काम भएको थियो ।
किरिङ किरिङ ………. ! किरिङ किरिङ ………. ! बिहानै मोवाइलको घण्टि बज्यो ।
“हलो अंकल मर्निङ ।”
“हलो नमस्ते ।”
“सञ्चै हुनुहुन्छ ?”
“सञ्चै छु, अनि तिमीलाई ?”
“म पािन सञ्चै छु अंकल”
“कत्तिको पढ्दैछौ ?”
“अलि अलि अंकल ।”
“अध्ययन बढी गर्नुपर्छ, पढ्ने भन्ने कुरा बुझ्ने कुरासँग सम्बन्धित हुन्छ । जव तिमी आफ्नो जीवन, समाज, र यो दुनियालाई बुझ्छौ, तिम्रो अध्ययनले ठूलो सफलता लिएको मानिन्छ ।”
“हुनत हो अंकल, तर त्यो दिशामा कहाँ लाग्न सक्नु र ?”
“किन सकिदैन, साहस गर्नुपर्दछ । वास्तविक दुनियाको अध्ययन गर्दे यो दुनियालाई बदल्ने मार्गमा लाग्नु पर्दछ ।”
“ठिक हो अंकल, मलाई थाहा भयो ।”
“थाहा भएर मात्र हँुदैन, अब गर्नुपनि पर्दछ । यो समाज र सिङ्गो राष्ट्रलाई तिमीजस्ता हिम्मतिला महिलाहरूको खाँचो परेको छ । आज एकातिर गरिबीले चपेटिएका भोका नाङ्गाहरूको असीम भेल छ भने अर्कोतिर सिङ्गो राष्ट्र भित्रभित्रै खोक्रो पारेर अखण्ड यो राष्ट्रलाई जातीय रूप लेपन गर्दै खण्डखण्ड पार्ने र राष्ट्रलाई नै सिध्याउने तयारी हुँदैछ । यस्ता खाले प्रवृतिहरूलाई चिर्दै वास्तविक मुत्तिमार्गमा तिमी र तिमीजस्ता छोरीहरू नलागे नेपाल आमाले हामीलाई सराप्नेछिन ।”
“हुन्छ अंकल, आज धेरैकुरा जान्न पाएँ ।”
“ठिक छ । बुझ्दै गर ।”
“हुन्छ अंकल, अहिले राखौँ है ।”
“हुन्छ वाई ।”
“ल वाई ।”
अर्चनाको स्वाभाव भावुक त थियो नै, कलिलै उमेरमा भएपनि आफ्नो जीवन परिवेशमा घटेका घटनाहरूलाई लिएर एक आख्यानात्मक उपन्यास तयार गरेकी अर्चनालाई साहित्यिक चिन्तनसँग पनि अलिअलि अन्तरघुलन हुन पुगेकी हुनाले भावुकताको खानी प्रशस्त थियो । हो नै, भावुक मानिसहरूको शैली एक विशिष्ट प्रकारको रहेको हुन्छ । उनीहरू धेरै चिन्तन मनन गर्ने खालका हुन्छन । वास्तवमा अर्चना पनि त्यही थिइन् । यसैले निकेशसँगको आजको फोन कुराकानीले उनलाई झन अरू थप सोचनीय बनायो ।
उनी घोरीएर सोच्न थालिन् । वास्तवमा निकेश सँगको पहिलो भेट, थोरै चिनजान र सामान्य फोन सम्पर्क मात्र माग्नु र पछाडि फोन हुँदा आफ्नो हृदयमा बिझ्ने कुरा निकेशले गरेको र आफ्नै अविभावकजस्तो अर्ती उपदेश दिएको हुनाले अर्चना यस विषयमा घोरिएर सोच्न थालिन् । अझ राष्ट्रिय चिन्तनको पहिलो कुरा निकेशबाट नै प्राप्त गरेकी हुनाले झन उनमा राष्ट्रियताप्रतिको सोच पलाएर आयो । आफू र आफ्नो परिवार, समाज र सम्पूर्ण राष्ट्रलाई घोरिएर नियाल्न थालिन् ।
तराईको ठाउँ गर्मी ज्यादा भएको र त्यसैमा पनि आजको सामान्य टेलिफोन वार्ताले अर्चनालाई रातभर निन्द्रा पर्ने कुरै भएन । कहिले यता फर्कदै र कहिले उता फर्कदै छट्पटाउँदै र मनमा अनेक तरङ्ग खेलाउँदै रात त्यतिकै बितेर गयो । निन्द्रा पटक्कै परेन । पर्ने कुरा पनि भएन । हुनत अर्चनालाई र ती भावले बेहाल बनाएर त्यसरी खटपटी र छटपटी भएको हैन । उनमा रतिरागात्मक भाव निकेशसँगको वार्तालापले आएको भन्ने छँदै थिएन । तर आज उनलाई बालुवामा छटपटाइरहेको माछाजस्तो उकुसमुकुस र छटपटी ज्यादा भयो । वास्तविक अर्थमा समाज र राष्ट्र, शोषणले हेपिएका, थिचिएका पछौटे जनताहरूको जीवनस्तर आदि इत्यादि कुराहरू घोरिएर सोच्न थालिन् । उनलाई आज नै साँचो अर्थमा आफूले पढेको र बुझेको कुरामा गर्व भयो ।
आज विराटचोकको तापक्रम तीस डिग्रीभन्दा माथि थियो । बैसाख महिना पानि नपरेको धेरै भएको र गर्मी ज्यादा भएको कारण पैदलमार्गीहरू कमै मात्राममा देखिन्थे । भएका पैदलयात्रीहरू पनि छाता ओढेर हिँडिरहेका हुन्थे । को ? कहाँ ? के ? भन्ने कुरा चिन्न कठिन पर्दथ्यो । पूर्वपश्चिम राजमार्गमा त्यस्तो प्रचण्ड गर्मीमा पनि गाडीको ओहोर दोहोर तीव्र रूपमा थियो । त्यसै त गर्मी र त्यसमाथी गाडीहरूको धुँवा र चर्काे आवाजले विराटचोक कोलाहल थियो । यस्तै वातावरणीय अवस्थामा पनि अर्चना सामान्य खानपिन गरेर क्याम्पस गइन् ।
क्याम्पसमा आज भारतीय हस्तक्षेप विरुद्धको सन्दर्भमा एउटा कार्यक्रम राखिएको थियो । भारतीय पक्षवाट भर्खर मात्र नेपाली भूमि अतिक्रमण गर्दै वाँध बनाउने र नेपालतिर रहेका जंगे पिलर भत्काउने काम भएको थियो । यसैको विरोधमा राष्ट्रियताका पक्षधर विद्यार्थीहरूले एक कार्यक्रम राखेका थिए । अर्चना क्याम्पस पुग्दा कार्यक्रम सुरु हुन लागिसकेको थियो ।
कार्यक्रममा अर्चनाले पनि मीठो, सारगर्भित र राष्ट्रिय स्वाधीनताको सन्दर्भ र राष्ट्रिय अखण्डताको पक्षमा भाषण गरिन् । उनले छात्राहरूको तर्फवाट बोलेकि थिइन् । उनको भाषणपछि गड्गडाहट तालीले सबै विद्यार्थीहरूले आभार व्यक्त गरे । अर्चनाको भाषणले राष्ट्रवादी चेत भएका विद्यार्थीहरूलाई उत्तेजित गरायो भने खास गरिकन पढ्ने वहनामा हुलहुज्जत गर्न पछि नपर्ने कुण्डले विद्यार्थीहरू उनको भाषणदेखि रिसले दाह्रा किट्न थाले । कार्यक्रम सौहार्दपूर्ण सम्पन्न भयो ।
यो नै अर्चनाको प्रथम राजनैतिक कार्यक्रम थियो । हुनत यस अगाडि उनी साहित्यिक कार्यक्रमतर्फ कविता गोष्ठी, गजल र गीत प्रतियोगितामा सामेल भएकी थिइन् । तर राजनैतिक कार्यक्रममा सक्रिय भएको यो पहिलो पटक थियो । निकेशसँगको सामान्य कुराकानीबाट नै उनी थाहै नपाई क्रमसः राजनितितिर तानिन थालिन् । यसमा अर्चना स्वयमलाई नै अचम्म लाग्न थाल्यो । अर्चनामा पहिले पनि कुनै नराम्रो व्यवहार थिएन । स्कुल पढ्दैदेखि उनी सबैसँग मिल्ने इमान्दार केटी थिइन । अझ अलिअलि गर्दै राजनीतिक माहोलमा तानिन थालेपछि झन उनको व्यवहारमा परिवर्तन हुन थाल्यो । राती अवेरसम्म पढ्ने, लेख्ने साथै बिहान ठीक समयमा उठ्ने ठीक समयमा नित्य काम गर्ने बानीको विकास हुन थाल्यो । साथी संगातीसँग मेलमिलाप, अग्रजहरूसँग आदरणीय भावका साथै सबै तह र तप्काका मानिसहरूसँग एक भद्र व्यवहार गर्न थालेपछि उनकको घर मालिक पनि छक्क पर्न थाले । अर्चनालाई आफ्नै परिवारको सदस्यजस्तो ठान्न थाले र मायाँ गर्न लागे । यो अर्चनाको व्यवहारिक पनको बेजोड रूप थियो ।
टिरिङ्ग टिरिङ्ग ………. ! टिरिङ्ग टिरिङ्ग ………. ! निकेशको मोवाईलमा घण्टी बज्यो ।
“हलो !”
“हलो अंकल नमस्कार, कहाँ होइसिन्छ ?”
“नमास्कार, म तेह्रथुम आठराईमा छु ।”
“सञ्चै होइसिन्छ ?”
“सञ्चै छु, अर्चना तिमीलाई कस्तो छ ?”
“मलाई पनि ठिकै छ अंकल ।”
“अरू खवर के छ त ?”
“अँ अंकल, अस्ति हाम्रो क्याम्पसमा कार्यक्रम थियो, मैले पनि भाषण गरिदिएँ अंकल ।”
“स्यावास ! के बिषयमा बोल्यौ ?”
“राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको बिषयमा बोलेँ नि ।”
“राम्रो तिमी पनि नजानिदो पाराले नेता बन्न आँट्यौ हैन ?”
“खै अंकल, हजुरकै कुराले त हो नि ।”
“ठिक हो, तिमीले अझ ठूलाठूला कार्यहरू गर्नुपर्छ । देशलाई बिगार्ने खालका जुन षडयन्त्र भइरहेका छन्, त्यस्तो खाले प्रवृतिसँग जुध्दै अगाडि बढ्ने अथक पाइलाहरू चाल्नुपर्दछ र नेपली महिलाहरूलाई मुक्ति मार्गमा हिँडाउनु पर्दछ ।”
“हुन्छ अंकल हवस त राखौँ है अंकल ।”
“हुन्छ ल वाई ।”
“वाई अंकल ।”
आज फेरि धेरै दिनपछि निकेशलाई फोन गरेकी अर्चनाले आनो मनको कुरा पोखिन् । निकेशले झन उत्साहित बनाउने कुरा ग¥यो । अर्चनामा झन जोश र जाँगर आयो । उनि उच्च शिक्षा अध्ययन गरेर जागिर खाने सपना बोकेकी अर्चना अब देश र जनताको सेवानै आफ्नो जन्मेको कर्तव्य भन्ने कुरा र वास्तविक जीवनको बोध गर्न लागिन् । उनलाई आफूमा भीरुता पनि हट्दै गएको महशुस हुन थाल्यो ।
बिराटचोकको पस्चिम बस स्टेशनदेखि अलि पश्चिमबाट दक्षिणतर्फ लाग्ने एउटा साघुँरो गल्ली । त्यही गल्लीमा एउटा इँटाको गाह्रो लगाएको दुई तले सफा र सानो घर । त्यही घरको तल्लो तलामा पूर्व फर्किएको सानो कोठा । कोठामा एउटा टेवल, दुईओटा खाट, कोठाको एकातिर खाना बनाउनको लागि छुट्याइएको स्थान, त्यहाँ एउटा स्टोभ, दुईओटा वाटा, एउटा कन्ति, दुईओटा थाल र एउटा भाँडा बाहेक अरू केहि देखिदैनथ्यो । कोठा सफा थियो । कोठाको भित्तामा पत्रिका टाँसेको साथै महान व्यक्तिहरूको भनाइ चटक्क लेखेर टाँसेको हुनाले कोठाको आकर्षण ज्यादा थियो । कोठाको सिँगारपटारले भन्दा पनि अझ त्यस कोठामा अर्चनाको उपस्थितिले झन आकर्षण र थप सुन्दरता प्रदान गर्दथ्यो । अर्चना नै विराटचोक र विराटचोक नै अर्चना भएझैँ भान पर्दथ्यो । अर्चना एक्लै कोठामा पत्रिका पढ्दै बसिरहेकी थिइन् । बाहिर ढोकामा ढकढकको आवाज आयो । समय त्यस्तै साँझको पाँच बज्न लागेको थियो । साथीहरू भेटघाट गर्न आएको ठान्दै अर्चना ढोका खोल्न पुगिन् । अर्चनाको कोठाको ढोका खुल्नासाथ चार पाँच जना युवाहरूको समूह हातमा छडी लिएर पस्यो । अर्चना अचम्ममा परिन् ।
“तँ हमारे मधेशमा हमारे विरोध गर्ने ? साला पहाडिया !” एउटा युवक बोल्यो ।
“तँ कोचिला प्रान्तको विरोध गर्ने ?” अर्को आवाज थियो ।
“त किराँत प्रदेशकी केटी भएर हामीलाई सिकाउने ? अझै उल्टो हाम्रो प्रदेशको विरोध गर्ने ?” अर्को आवाजले चेतावनी दियो ।
अर्चना केहि नवोली चुपचाप रहिन् ।
“ए, तँ वोल्दिनस् ? भाषण त खुब गर्थिस् त ! बोल साला ! एउटा आवाजको चित्कारसाथ अर्चनालाई लछार्न पुग्यो ।
”छोड्दे मलाई, थुक्क कुकुर !” अर्चनाको आवाज फुट्यो ।
“के भनिस् रे ? बोल्छेस् ? तँ तँ हाम्रो प्रान्तको विरोध गर्ने ? तँलाई हामी त्यसै छोड्दैनौँ । तँ यहाँबाट तुरुन्त चलिहाल ।” अर्कोले चेतावनी दियो ।
अर्चनाको कोठाका पत्रिका च्यातिए । टेवल लडाइयो । भाँडाकुँडा छरपस्ट फालिए । कोठा अस्तव्यस्त भयो ।
“तैँले यो ठाउँ तुरुन्त छाड्नु पर्दछ । नत्र जे पनि हुन सक्दछ ।”
यस्तो चेतावनी दिएर उक्त भीड त त्यहाँवबाट बाहिरियो तर अर्चनाको बेदना बाहिरिएन । उनमा झन ठूलो आक्रोश बढेर आयो । उनले कहिले पनि जातीय आन्दोलन प्रमुख ठानेकी थिइनन् । वर्गीय आन्दोलनले मात्र जातीय आन्दोलन सफल हुन्छ भन्ने उनको धारणा थियो । एक नेपाल र एक नेपाली जाति भन्ने मान्यता बोकेकी अर्चनालाई नेपाली जनताहरूको पछौटे चेतनास्तर प्रति दुःख लाग्यो ।
अब उनलाई बिराटचोकमा रहिरहनु सुरक्षाको दृष्टिकोणले राम्रो थिएन । उनमा एक साहस पलाइसकेको थियो । उनमा नेपालीहरूमा चेतना छर्ने एक दीप बनेर सधै रम्ने रमाउने दृढ विश्वास बोक्दै आफ्नै जन्म गाउँ, भोजपुर जिल्लाको पछौटे गाउँ र चेतना शुन्य गाउँमा गएर नेपाल र नेपालीप्रति सद्विचारको बिज रोप्ने बिचार आयो । त्यहाँ बस्नुपनि समस्या थियो । जे पनि हुन सक्थ्यो । उनी त एक नारी न थिइन् । यही सोच लिएर अर्काे दिन अर्चना झोलामा केह किताव, पत्रिकाहरू र आफ्ना केही कपडा बोकेर भोजपुरको प्याउली भञ्ज्याङ्ग गाउँतर्फ पाइला चालिन् । उनको दिमागमा संसारलाई मुक्त गर्ने थुप्रै बिचारहरूको गह्रुङ्गो भारी थियो ।
(तेह्रथुम)