कविता पढ्दै हुनुहुन्छ एक्लै बसेर त्यसैले तपाईं मेरा प्रिय पाठक अर्थ खोतल्ने तिर पटक्कै नजानुहोस् अर्थले ध्वस्त पार्दछ कविताको निर्माण । किनकि कविताले छेक्न सक्दैन भूँडीको हाहाकार सुकेका पातहरूमा पानीका थोपाहरू उमार्न सक्दैन काँढा भित्रको गुलाबको छवि कुनै विधवाको रित्तो सिउँदोमा सिउरेर । मेरा अनुरागी पाठकहरु कविता पढेर तपाई मक्ख Read more
परदेश लाग्नु पनि युद्दको मैदानमा जानु जत्तिक्कै रहेछ कष्टकर फरक यत्ति हो युद्दमा हातहतियार,गोलीगट्ठा,खरखजना र सहयोद्दाहरुको साथ हुन्छ परदेशमा खाली आफ्नो कर्म,भाग्य,हातपाखुरा र भगवानको भर हुन्छ तर यी दुवै रहर नभएर कहर रहेछन् परदेश र युद्द । परदेशीहरु घर छोडेपछि परदेशी हुन्छन् घरदेशले परदेश जान बाध्य बनाएपछि परदेशी हुन्छन् परदेशिनु Read more
लिलिथको कोखबाट जन्मिने तिमी, म तिम्रो कोखाबाट कसरी बनेँ, तिम्रो सत्ताको पैतालाहरूले ढाकिएको मेरो इतिहास हेर, म त्यहीं छु, ठीक माथि, जहाँबाट तिमी होंचिएको छौ, आफ्नै हीनताले, जसरी होंचिएका थिए राम, सीता धरतीमा खस्दा जसरी होंचिएका थिए पाण्डव द्रौपदीको खुल्ला चुल्ठो हाँस्दा, जसरी होंचिएका थिए विष्णु वृन्दाको सतीत्व छुँदा, र Read more
दुईचारवर्ष अघि बितेका उसका बाबुआमा ‘ तँ होस् र म हूँ’ को दैनिक छलफलमा आइरहे, ‘ भिखारी, पाखेको सन्तान । ‘ उसको दिमागले सहन सकुन्जेल प्रतिवाद गरिरही । अति भएपछि मनको औषधि गर्न घर छोडर हिँडी । ऊ गएदेखि ऊ खोजीमा निस्कियो । सन्तान थिएनन्, रातमा त्यही छानोमा Read more
जिउँदो मानिस मुर्दा ठानी फालिदियो कसले लाशलाई मान्छे भनी श्वास हालिदियो कसले ? बृध्दबृध्दा मातापितालाई बृध्दाश्रममा राखी मरेपछि दागबत्ती मुहारमा बालिदियो कसले ? अरूकै इशारामा नाची घरबार जलाउनेलाई पर्दाभित्रै बसी चाल उल्टो चालिदियो कसले ? किन सुक्यो प्रेमधारा कहाँ गयो त्यो संवेदना आरनमा मुटुकलेजी राखी गालिदियो कसले ? आरावालझैँ काटी Read more
म मात्र एउटा खुला किताब हुँ खुला किताब चाहे जसरी व्याख्या गर त्यो तिम्रो अधिकार भो व्याख्या गर्नु तिम्रो अधिकार भो म एउटा खुला किताब हुँ किताबभित्रका अक्षरहरु चस्मा लगाएर पढ कि नलगाएर पढ चाहे महिलावादी भएर व्याख्या गर चाहे मार्क्सवादी भएर व्याख्या गर चाहे समाजवादी बनेर व्याख्या गर Read more
वर्षौंदेखि मिहेनत गर्दै आएका, मेरा बा का खुट्टा चिराचिरा परेर फाटेका छ्न । आज तपाईं एउटाले छोड्दा दिल फाट्यो भन्नु हुन्छ, मेरा बा ले मेरा निम्ति सवै छोड्दा पनि, उहाँका हात फाटे, खुट्टा फाटे तर दिल फाटेन् किनकि त्यो दिल म थिए । बा मलाई माफ गर्नुहोला, आज तपाईंको दिल Read more