मैले छाडिसकेँ पछ्याउन आमाको धोतीको फेरो समाएर पछि लाग्न बाबाको औँला समाएर एक खुट्टा उचालेर बजार जान् । मैले छाडिसके साथीहरूसँग गुच्चा खेल्न अनि लुकामारी खेल्न मैले छाडिसकेँ गोठालो जान /बिद्यालय जान कट्टु लाउन,/झोला बोक्न । धेरै चिज छाडेको छु जस्तो कि दूध चुस्न सिँगान पुछ्न रूदै सताउन झलुङ्गोमा सुत्न Read more
तिम्रा बेबुनियाद कुण्ठाका बिच असल मान्छेको सही प्रयत्नको धरातलमा तिमीले गाँइगुँइ गरिरहँदा तिमी स्वयं स्रेस्ताको अडिटर भएर हेर अरबौँको बेरुजु छर्लङ्ग देखिनेछ । मनको गोश्वारा बुझाउन मन्दिर त जान्छौ पाप कटाउन बोका, हाँसको बली दिन्छौ सबैको चित्त बुझाउन रिझाउने चिल्लो घस्छौ एकैछिन स्वयं को आत्मालाई मजाक गरेर त सोध अर्काको Read more
कमजोर सधैँ गल्नुपर्छ कहाँ लेखेको छ ? सबै फूल फल्नुपर्छ कहाँ लेखेको छ ? चोखो माया गर्दाखेरी नबुझ्नेको लागि एकहोरो जल्नुपर्छ कहाँ लेखेको छ ? आफ्नै मनको तजविजी व्यक्त गर्न पाईन्न ? इसारामै चल्नुपर्छ कहाँ लेखेको छ ? परिश्रम गरेदेखि फल आफै मिल्छ सोझासाझा छल्नुपर्छ कहाँ लेखेको छ ? स्वावलम्बी Read more
लाहुर गाको छोरो अब बाले फेरि देख्दैनन्, बर्षौँ पहिले बितेकी श्रीमती जसरी देख्दैनन् । सासुलाई आमा मान्नु भनिरहन्छ यो समाज, अनि किन बुहारीलाई छोरी देख्दैनन् ? मैले त उनलाई सधैं आमा भन्दै पुजिरहेँ, उनका आँखाले मलाई सन्तान धरी देख्दैनन् । अरुको गल्ती यसकारण केलाउँछ दुनियाँ, आफ्नो आँखाले आफ्नै कमजोरी देख्दैनन् Read more
बगिरहेको नदीलाई नजिकै गएर सोधेँ मेरो प्रश्न सुनेर टक्क रोकिंदै एकनासले मलाई हेर्न थाल्यो । एकतमासले बगेको बतासलाई सोधेँ अट्टहासका साथ मेरो वरिपरि घुम्न थाल्यो र टक्क रोकिएर घोप्टो पर्यो । संसारको गन्तव्य सेतो पहाडलाई सोधेँ अकस्मात ज्वालामुखी विस्फोट भयो र चट्टान पग्लेर बग्न थाल्यो नदीजस्तै बादलसंग लुकामारी खेल्दै गरेको Read more
एक दिन, जरुर एकदिन, त्यो समयले बताउँछ । हेर्ने छु त्यो दिन म, खोलो धाउछ कि तिर्खा धाउछ ? म एक छाक गुजार्न, ऋणमा ट्याक्सी चलाउँछु ऊ मेरो ट्याक्सी जलाउन,सरकारी गाडीमा आउछ । लोग्ने मारियो, छोरो बेपत्ता छ, छोरी बलात्कृत छे श्रीमान् ! न्यायको पर्खाइमा, आँखा कैले ओभाउछ ? तिम्रो Read more
आमा ! आमा !! भन्दै दौडिँदै आयो ऊ छपक्क मेरो छातीमा आफूलाई टसायो भावविभोर भएँ म, मेरा आँखा रसाए अनि सदाझैँ मेरा मायाका छापहरू उसको मुहारभरि बरसाएँ । पाखुरी साना उसका समाई नियाली हेरेँ उसलाई रमाई अचम्म ! यो के अचम्म !! आज अर्कै देखेँ उसलाई । त्यो सुलुत्त परेको Read more
राज्यसत्तामा पुगेको अनुदार शासक जस्तै एउटा कवि पनि हुनसक्दो रहेछ - साच्चै निरङ्कुश ! स्वतन्त्रताको बारेमा गजबको कविता लेखिरहेको छ भन्दैमा सोच्नु गलत हुँदोरहेछ स्वतन्त्रताकै पहरेदार - उसलाई स्वतन्त्रताको बारेमा लेखिएको उसको कविता त आफैंमा हात्तीको देखाउने दातजस्तै रहेछ ! ऊ आफैं हुँदोरहेछ भित्रभित्रै स्वतन्त्रताको सबैभन्दा खतरनाक दुश्मन ! सुन्न Read more
बिर्सिनेहरुलाई नै हरपल सम्झिनु छ मैले त पत्थरको जवाफ फूलले दिनु छ तिमी खुकुरी म अचानो, कस्तो अनौठो नाता आखिर तिम्रै साथमा सधैंभरि काटिनु छ म सलाई हुँ , पत्करसँग के पो घमण्ड गरौं ! उसलाई सल्काउनु पूर्ब आफैं सल्किनु छ म तिम्रै अघि छु, गीत या गजल जे Read more
खित्का छाडेर हाँसिरहेछन् पल्लाघरे छिमेकी शिथिल भएर सुतिरहेछन् मान्छेको एक हुल चुपचाप छ न्याय–अन्याय सकेको छैन छुट्टिन, चित परिरहेछु म नजिकै छेऊमै छन् शक्तिशाली ज्ञानका महा नदी बगिरहेछ हज्जारौं वर्षदेखिको मानवयात्रा बर्षौ वर्षदेखिको पीडा बिर्सेर पनि गनगन गर्दै आमा पाल्दैछिन् सन्तान ईख नै नभएका योजना नै बनाउन नसक्ने सन्तान छुट्टिएको Read more