खित्का छाडेर हाँसिरहेछन् पल्लाघरे छिमेकी शिथिल भएर सुतिरहेछन् मान्छेको एक हुल चुपचाप छ न्याय–अन्याय सकेको छैन छुट्टिन, चित परिरहेछु म नजिकै छेऊमै छन् शक्तिशाली ज्ञानका महा नदी बगिरहेछ हज्जारौं वर्षदेखिको मानवयात्रा बर्षौ वर्षदेखिको पीडा बिर्सेर पनि गनगन गर्दै आमा पाल्दैछिन् सन्तान ईख नै नभएका योजना नै बनाउन नसक्ने सन्तान छुट्टिएको छ ज्ञानमार्गबाट फसेको छ सामाजिक अपराधमा बतुराएको छ फेसबुकका वालहरूमा दैनिकजसो देखिने चटके महोत्सव न खान दिन्छ न दिन्छ कुनै चेत साइरन जडित सवारीमा कुदिरहेछन् राष्ट्रिय स्तरका धमिराहरू । बाटो खुल्लै छ सबै सबैतिरका मैले न्याय माग्ने कहाँ ? निरीह नागरिक रोइरहेछ बिटो बोकेर नगदको तीर्थाटनमा छ अर्थ न्यायिक निकाय खै ! कस्तो अवस्था खै ! कस्तो व्यवस्था कुर्चीदेखि कुर्चीसम्म रोकिएकै छैन केर्ची दौड लुटदेखि लुटसम्म देखिएकै छैन प्रमाणहरू । लुकाएर बलात्कारका दोषी साटेर सत्तासँग पोज दिइरहेछ हरुवा माननीय खेलेर मान्छेको कमजोरीमा तर मारिरहेछ राष्ट्रसेवक । लेखिरहेछ सहियौंदेखि महाकवि आफ्नै गायन वा शक्ति भजन माला पसिनाको मोल अङ्कन हुनै सकेन कतै कतै चहारेर भौतारिरहेछ ज्ञान घार खोज्दै उडेका मौरीझैँ ।
(चिचवन)