बिर्सिनेहरुलाई नै हरपल सम्झिनु छ मैले त पत्थरको जवाफ फूलले दिनु छ तिमी खुकुरी म अचानो, कस्तो अनौठो नाता आखिर तिम्रै साथमा सधैंभरि काटिनु छ म सलाई हुँ , पत्करसँग के पो घमण्ड गरौं ! उसलाई सल्काउनु पूर्ब आफैं सल्किनु छ म तिम्रै अघि छु, गीत या गजल जे बनाऊ मेरो चाहाना यत्ति हो तिमीबाट लेखिनु छ ! हे इश्वर ! मेरो उमेर र उचाइ घटाइयोस् मैले मेरा बा'को हात समाएर उभिनु छ ! (आठराई, तेह्रथुम)