लाहुर गाको छोरो अब बाले फेरि देख्दैनन्, बर्षौँ पहिले बितेकी श्रीमती जसरी देख्दैनन् । सासुलाई आमा मान्नु भनिरहन्छ यो समाज, अनि किन बुहारीलाई छोरी देख्दैनन् ? मैले त उनलाई सधैं आमा भन्दै पुजिरहेँ, उनका आँखाले मलाई सन्तान धरी देख्दैनन् । अरुको गल्ती यसकारण केलाउँछ दुनियाँ, आफ्नो आँखाले आफ्नै कमजोरी देख्दैनन् । न्याय गरिनस् भन्दै बिलौना नगर आमा, ईश्वरले पनि सबैलाई बराबरी देख्दैनन् । (सतुंगल, काठमाडौं)