एक दिन, जरुर एकदिन, त्यो समयले बताउँछ । हेर्ने छु त्यो दिन म, खोलो धाउछ कि तिर्खा धाउछ ? म एक छाक गुजार्न, ऋणमा ट्याक्सी चलाउँछु ऊ मेरो ट्याक्सी जलाउन,सरकारी गाडीमा आउछ । लोग्ने मारियो, छोरो बेपत्ता छ, छोरी बलात्कृत छे श्रीमान् ! न्यायको पर्खाइमा, आँखा कैले ओभाउछ ? तिम्रो हर्षमा चुहियो आँसु, मेरो पीडाको पोखरी छ सरकार! म जस्तै जन्ताले, सास्ती कैलेसम्म पाउछ ?