सबथोक गुमाएँ ममाथि भगवानको ज्यादती बढ्यो तिमी उत्सव मनाऊ तिम्रो त खुसीमा, खुसी बढ्यो ! ठुलो सभाको माझमा उसलाई चिन्दिनँ भनेकी थेँ, यता मुटुलाई असर परेछ एकाएक ढुकढुकी बढ्यो । साहुजी! हेर्नुस् त त्यो मान्छे आधा मुटु बोकेर हिँडेछ ठिक छ बाबु मेरो भट्टीमा एक अर्को अम्मली बढ्यो । कोही Read more
हेर ! हजारौँ वर्षदेखि दबेका-लाभाहरु बहिष्कृत-जाति-भाषाहरु शोषित-श्रम-पौरखहरु एकताबद्ध विस्फोटित-आन्दोलित छन । चराहरुको मुक्ति-गितले पिंजडा कामिरहेको छ सामाजिक गति-चेतनाले मनु-स्मृतिको जरा हल्लिएको छ । हेर ! सुन्दर-ज्वालामुखी उम्लिरहेको छ । परन्तु ऊ अझै चकमन्न छ जसरी, मुर्दा-निष्प्राण छ जसरी, आँधी-पूर्व प्रकृति मौन देखिन्छ । पक्का, मुक्तिको आँधी आउँदैछ । (ओखलढुङ्गा) Read more
सलाम छ तिम्रो स्वतन्त्रताको सोचलाई ! दासत्व मुक्तिका लागि जीवनभर मस्तिष्क खियायौ कैयौँपटक कोठरीमा थुनियौ कैयौँपटक प्रतिबन्धका झिरहरू रोपिए फेरि पनि तिमीले उन्मुक्तिको बुलन्द गीत गाइरह्यौ ! विचारको कुलेसो डो¥याएर जब तिमी बस्तीमा बग्यौ तब एकाएक उठे हातमा कुटो र गैँती बोकेर हजारौँ हजार निर्धा मान्छेहरू तिनै मान्छेहरूको बलिदानमा टेकेर Read more
सबैको नजरमा आउने सहयोगमा अति सहयोगी धुलाइमा मात्र होइन उपयोगमा अति उपयोगी सबैमा प्रिय म त केबल झुम्रो साथी अपार आनन्द दिने । सक्छु म पार्टीका झन्डामा सजिन गाडीको टलकमा उन्मात्त हुन महलका कुनाकाप्चामा लरबराउन म त केबल झुम्रो साथी अपार आनन्द दिने । कहिले पार्टीले भन्डा बनाउँछ कहिले मालिकले Read more
को हो आफ्नो को हो पराई छुट्टाएर देखाऊ दूध अनि पानी गराई छुटाएर देखाऊ । पुरोहितजी आन्दोलनमा दुई जना मरे छन् कुन बाहुन कुन दमाई छुट्टाएर देखाऊ । हिजो सम्पत्तिका लागि मुद्दा परेको छ कुन हो दाइ कुन हो भाइ छुट्टाएर देखाऊ । उस्ले र्याल काट्दै ताली बजाउँदै दिएथ्यो। श्राप Read more
सोच्नुहोस् त त्यो दोबाटोमा रहेको चट्टानसरी छ नारीको जिन्दगी कोही समीप आउँछन् मायाले हेर्छन् स्नेहभाव पोख्छन् छताछुल्ल हुने गरी कोही भिज्छन् सिमसिमे पानीमा भिजेजस्तै कोही डुब्छन् सागरको गहिराइसम्म कोही उत्रिन्छन् नदीमा मृत शरीर उत्रेसरी कतिले गहिरिएर हेर्छन् धेरै परपरसम्म सोच्छन् अनि कोर्न थाल्छन् आफ्नो जिन्दगीको योजना । कोही टपक्क टिप्न Read more