सबथोक गुमाएँ ममाथि भगवानको ज्यादती बढ्यो तिमी उत्सव मनाऊ तिम्रो त खुसीमा, खुसी बढ्यो ! ठुलो सभाको माझमा उसलाई चिन्दिनँ भनेकी थेँ, यता मुटुलाई असर परेछ एकाएक ढुकढुकी बढ्यो । साहुजी! हेर्नुस् त त्यो मान्छे आधा मुटु बोकेर हिँडेछ ठिक छ बाबु मेरो भट्टीमा एक अर्को अम्मली बढ्यो । कोही नयाँ मान्छे आएजस्तो छ उसको जिन्दगीमा हिजोसम्म सुमधुर चलेको सम्बन्धमा दुरी बढ्यो ! 'समृद्ध नेपाल सुखी नेपाली' भनेको यही त होला, दिनानुदिन रोग बढ्यो, भोक बढ्यो, गरिबी बढ्यो!