हेर ! हजारौँ वर्षदेखि दबेका-लाभाहरु बहिष्कृत-जाति-भाषाहरु शोषित-श्रम-पौरखहरु एकताबद्ध विस्फोटित-आन्दोलित छन । चराहरुको मुक्ति-गितले पिंजडा कामिरहेको छ सामाजिक गति-चेतनाले मनु-स्मृतिको जरा हल्लिएको छ । हेर ! सुन्दर-ज्वालामुखी उम्लिरहेको छ । परन्तु ऊ अझै चकमन्न छ जसरी, मुर्दा-निष्प्राण छ जसरी, आँधी-पूर्व प्रकृति मौन देखिन्छ । पक्का, मुक्तिको आँधी आउँदैछ । (ओखलढुङ्गा)