हिजो आज वस्तीहरूमा स्यालहरूको बिगबिगी बढेको छ जङ्गलमा डढेलो लागेर होला सायद बॉच्ने आधार खोज्दै सिकारी स्यालहरु निमुखा बाख्रा पाठालाई आहार बनाउन दाह्रानङ्ग्रा तिखार्दै घाटी अठ्याउँदै निमोठिरहेका छन्। त्रसित छन् गाउँ बस्तीहरु आवाज बिहिन छन् बेसहाराहरु चारैतर्फ घेराबन्दीमा परेका छन् रगत चुसेर जुकाझैँ मोटाएका चिल्ला स्यालहरू झुन्डझुन्डमा हुइयॉ मचाइरहेका छन् Read more
मेरी आमाको जीर्ण झुपडीमा गिध्दहरूको महोत्सव चलिरहेछ विचारशून्य जाँतो घुमाइरहेका भोका स्याल र व्वाँसाहरू मैले सपनामा देखेको सुन्दर गुराँसका फूलहरू च्यातिरहेछन् जुध्दै गतिछाडा साँडेहरू आशाका व्याड ध्वस्त बनाइरहेछन् गिध्दहरूको महोत्सव मनाइरहेछन् । ऋणको गरुङ्गो भारी बिसाउने शीतल चौतारी नभेटी धर्मराइरहेका भरियाहरू क्रन्तिकारी गिध्दहरूले सल्काइदिएको डँडेलोमा छन् भोका स्याल र व्वाँसाहरूको Read more
मनभरि पिर रहेछ आखामा पानी रहेछ, मुस्कुराएर बिरोध गर्ने उसको बानी रहेछ । हामी जन्मदिन सम्झेर उत्सव मनाइरहेछौँ, हरेक बर्ष मृत्युले नजिक नजिक तानिरहेछ । आफन्त जस्ता दुश्मन, दुस्सन जस्ता आफन्त, बुझ्नै मुस्किल तिमी अर्को जिन्दगानी रहेछ । सुन्दर र कुरुप पनि, धनी र गरिब पनि घमण्ड नगर अन्तमा हुने Read more
"आऊ छोरी ! तिम्रो बाबा हुँ म" दुई हातका अञ्जुली तेर्साएर बोलाउनुभएथ्यो बाबाले र म अकमक्क परेथेँ देखेर नौलो अनुहार तर पनि कता-कता सुनेथें परिचित आवाज आशङ्कामा पुर्लुक्क हेरेथेँ आमातिर र एकजोर रसिला आँखाले संकेत गरेका थिए जाऊ भनेर अनि काखमा गएर लुरुक्क बसेथेँ मूर्तिजस्तै, सम्झन्छु- बाबाका स्नेही हातको स्पर्श Read more
कुटो कोदालो समाउने ’बा’ को इमान्दारी उस्तै छ, फेरेन तन्त्रहरूले धमनी अभावको महामारी उस्तै छ । बा बिसको एक्काइस भएजस्तो लाग्छ र बस्तीमा, अझै जातभात भनी हेपिरहने मकुटधारी उस्तै छ । धन भनी खाडी उडेको छोरा खाडीमै हराउँदा, बन्धकमा परेको सानो खेतबारी उस्तै छ । स्वरोजगार नामक तमसुक इन्द्रजालमा फसेछि, Read more
उड्दै–उड्दै एउटा लफङ्गो पत्ता एउटा रुखको कापमा अड्किन्छ घरी हाँगाका पातहरुलाई घरी जमिन हेर्दै ऊ गहिरो साँस लिँदै सुस्केरा हाल्छ र, सुस्तरी फत्फताउँछ, “तिमीसँग तिमीजस्तै हाँगाहरुसँग जोडिन नपाउनुभन्दा बढी त मलाई मेरो जमिन नमिल्नु दुखिरहेछ ।” (धरान) Read more
अनौठो आवाज आइरहेछ- ग्यासच्याम्बरमा यहुदीहरू चिच्याइरहेजस्तो पोर्नहाउसमा पोर्नस्टारहरूले खित्का छोडेजस्तो चन्द्र समसेरको कोठीमा धाईआमाहरूको खासखुस जस्तो पागलखानामा एउटा तानाशाह कराइरहेजस्तो । यो बन्दरगाहमा- के व्यापार चली रहेछ ? कसले छर्दैछ अफिमको गन्ध ? कि कोही नयाँ कोलम्वसले कोही सम्राटलाई उपहार थमाउन कसले दासहरू जहाजमा खाँदिरहेछ ? कि कोही उत्तरआधुनिक महाकवि Read more
अकवरी सुनलाई पनि कसीका कुरा छन् कानुनका कागज होइन, मसीका कुरा छन् । पेट पाल्न, शरीर छोप्न बलात्कारमा पर्दा, खोजिएको श्रव्यदृश्य दसीका कुरा छन् । तिमी भर्याङ् चढ्दा पनि लड्न खोज्छ्यौ के, गगनपुर बस्ती बसाउने शसीका कुरा छन् । विदेशी ब्रान्डको आयात, आफ्नो मुद्रा निर्यात छ, अझै आर्थिक समृद्धि, घरायसीका Read more
(१) झगडा छ मौरीमा कुरा के गर्नु रानोको झ्याल ढोका लाग्दैन कुरा के गर्नु छानोको भएको छ आलोचना बजार तात्नेगरी मुरी गफ चलेको बेला कुरा के गर्नु मानोको ।। (२) गरिबको गाँसमा नुन हराएको छ नेताज्यूमा जनताको गुन हराएको छ भष्टहरूको चंगुलमा फसेपछि देश साँचो आवाजको धुन हराएको छ Read more
के शासकहरू पनि कविता लेख्छन् ? हो शासकहरू पनि कविता लेख्छन् तर तिनीहरू कवितामा कविता लेख्दैनन् तिनीहरू कवितामा लाजभाँड लेख्छन् । के शासकहरू पनि कविता मन पराउँछन ? हो शासकहरू पनि कविता मन पराउँछन् तर तिनीहरू कविताजस्तो कविता मन पराउँदैनन् बरु , निलो फिल्मजस्तो कविता मन पराउँछन् जहाँ कविता हुँदैन Read more