उड्दै–उड्दै
एउटा लफङ्गो पत्ता
एउटा रुखको कापमा अड्किन्छ
घरी हाँगाका पातहरुलाई
घरी जमिन हेर्दै ऊ
गहिरो साँस लिँदै सुस्केरा हाल्छ
र, सुस्तरी फत्फताउँछ,
“तिमीसँग तिमीजस्तै
हाँगाहरुसँग जोडिन नपाउनुभन्दा
बढी त मलाई मेरो जमिन नमिल्नु दुखिरहेछ ।”
(धरान)