अनौठो आवाज आइरहेछ-
ग्यासच्याम्बरमा यहुदीहरू चिच्याइरहेजस्तो
पोर्नहाउसमा पोर्नस्टारहरूले खित्का छोडेजस्तो
चन्द्र समसेरको कोठीमा धाईआमाहरूको खासखुस जस्तो
पागलखानामा एउटा तानाशाह कराइरहेजस्तो ।
यो बन्दरगाहमा-
के व्यापार चली रहेछ ?
कसले छर्दैछ अफिमको गन्ध ?
कि कोही नयाँ कोलम्वसले
कोही सम्राटलाई उपहार थमाउन
कसले दासहरू जहाजमा खाँदिरहेछ ?
कि कोही उत्तरआधुनिक महाकवि
भावको डु्ङ्गा डुबाइरहेछ ?
यो बन्दरगाहमा संवेदना शुन्य छ
यहाँ प्रत्येक हावाको झोँक्कामा विषाक्त कार्बनको उत्सर्जन छ
समुद्रको लहर छेउ लागेझैँ
प्रत्येक क्षणमा
मानवताको निर्मम विसर्जन छ ।
ओ ! प्रिय साथी,
जीवनको बन्दरगाहमा छौँ हामी
पानीको अणु अणु मिसिएझैँ
आऊ! प्रेमले एकअर्कामा सम्मिलित होऔँ ।
(ताप्लेजुङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।