बारम्बार भोक र पीडामा हुन्छिन् आमा ब्ुाद्धको देशमा हिंसा हुँदा रुन्छिन् आमा । बम र बारुदको गन्ध अझै हराएको छैन वेलावेला बन्दुकको आवाज सुन्छिन् आमा । हातमुख जोर्न मुग्लान पसेकाको यादमा प्रतीक्षा गर्दै आँसुले मुख धुन्छिन् आमा । जिन्दगीको यात्रामा खुशी छाएन कहिल्यै मनका रहरहरु सपनामै बुन्छिन् आमा । दुःख Read more
मुखले राम राम जपी बगलीमा छुरा अचम्म छ, गफै गफमा देश हाँक्छन यहीँ कुरा अचम्म छ । अमृतधारा बगाउँदा नि केही पाइनन् ती आमाले, पत्थर ढोग्दैमा के'रि हुन्छ सबथोक पूरा अचम्म छ । खाली हात आउँछ मान्छे खाली नै जान्छ भन्ने गर्थे, तर किन लगे बाले आमाको सिन्दुर चुरा अचम्म Read more
चाहनाको धागोलाई तनाइराख्नु साह्रो भयो मायाको आगोलाई जलाइराख्नु गाह्रो भयो । रूपसीको मुस्कानले हुरूक्क त भएकै हो नि मिलनको आतुरीलाई बचाइराख्नु गाह्रो भयो । धारिलो वचनले खुत्रुक्क त पारेकै हो मनलाई नुनिलो नेत्रजललाई सजाइराख्नु गाह्रो भयो । परेवाको जोडी भनी खिज्याउनेलाई के भनूँ खै छातीभित्रको बहलाई लुकाइराख्नु गाह्रो भयो । Read more
किन निर्मम समय मलाई बार बार गर्छ र दुख्ने ठाउँहरू रोजेर बज्र प्रहार गर्छ । प्रारब्धले त्यसैको परीक्षा लिन्छ सायद जसले पटक पटक प्रहार स्वीकार गर्छ । कर्म त केवल मन भुलाउने उपाय हुन भाग्य हुनेले नियन्त्रण सारा संसार गर्छ । इतिहास साक्षी छ दु:ख उहीँ भोग्छ जो आफ्नाहरू माथि Read more
स्वार्थको झोला बोकेका छन् उनले झोलामा खोला बोकेका छन् उनले । केटाकेटी भनी भुलाउन होला, हेर कोकाकोला बोकेका छन् उनले । तस्करी गर्छन् हिरा जवाहरातको तोलाका तोला बोकेका छन् उनले । मित्रजनलाई भेटे सताउनका लागि बारुलाको गोला बोकेका छन् उनले । सानालाई भेटे त ताकेरै हान्छन् हातमा सोला बोकेका Read more
लालपुर्जा बेची मुग्लान पस्ने, काहानि कस्को हो ? र सपना बोकी देश छाड्ने, राहदानी कस्को हो ? मुलबाटोमा नजर विछ्याई, कुरी बस्दा आमाहरु जलेर चितामा वेखवर बस्ने, खरानी कस्को हो ? बैँस बिक्ला श्रम बिक्ला, उमेर छदा मुग्लानमा केश पाक्दा फर्काई दिने, जिन्दगानी कस्को हो ? मझेरीमा भए जस्तै, काठको Read more
बहिरो सरकार छ, गरिबको बाँच्ने रहर छ कसरी धान्ने जीवन, पाइलैपिच्छे जहर छ । एकातिर दुईछाक टार्नकै लागि धौधौ यहाँ अर्कोतिर, विश्वव्यापी कोरोनाको कहर छ । कहिलेसम्म जनताको भोक मेट्छौ सरकार भोक र अभावले दिनदिनै मर्नेको लहर छ । कहिले खडेरीले सेक्छ, कहिले बाढीले बगाउँछ किसानको भागमा जहिल्यै आँसुको नहर Read more
जिउँदो मानिस मुर्दा ठानी फालिदियो कसले लाशलाई मान्छे भनी श्वास हालिदियो कसले ? बृध्दबृध्दा मातापितालाई बृध्दाश्रममा राखी मरेपछि दागबत्ती मुहारमा बालिदियो कसले ? अरूकै इशारामा नाची घरबार जलाउनेलाई पर्दाभित्रै बसी चाल उल्टो चालिदियो कसले ? किन सुक्यो प्रेमधारा कहाँ गयो त्यो संवेदना आरनमा मुटुकलेजी राखी गालिदियो कसले ? आरावालझैँ काटी Read more
जिन्दगी यस्तो पनि हुन सक्छ सोचेकै थिएनँ, त्यही पाइन्छ बार बार जे मैले खोजेकै थिएन। सोध्न मन छ सत्य भन्ने पनि छ र अस्तित्वमा, मलाई त्यही आरोप छ जे मैले बोलेकै थिएनँ । जिन्दगी भोगाइ हो भन्थे हो रहेछ बल्ल बुझेँ, अब सिक्दैछु भोग्न आजसम्म भोगेकै थिएनँ । जोसँग पोखियो Read more
दियोमा बत्ती फेरि,उसैगरी बाल्नुपर्छ जिन्दगीभर सँगसँगै, पाइला सार्नु पर्छ । किन मान्छौ पीर, घरीघरी मन दुखाएर नदुखाऊ मन, आऊ अब, हामी हाँस्नु पर्छ। मैले भने नि आँशु नझार, पीडाका अब मेरो हात समाऊ, सारा काँडेतार नाँघ्नु पर्छ। हो ढिलो छिटो हुन सक्छ, धैर्यता गर तिमी चोखो मायामा हार हुँदैन, जित Read more