जिन्दगी यस्तो पनि हुन सक्छ सोचेकै थिएनँ,
त्यही पाइन्छ बार बार जे मैले खोजेकै थिएन।
सोध्न मन छ सत्य भन्ने पनि छ र अस्तित्वमा,
मलाई त्यही आरोप छ जे मैले बोलेकै थिएनँ ।
जिन्दगी भोगाइ हो भन्थे हो रहेछ बल्ल बुझेँ,
अब सिक्दैछु भोग्न आजसम्म भोगेकै थिएनँ ।
जोसँग पोखियो नुन छर्किएर आनन्द लियो,
अब भन्दै हिँड्छु मैले त दु:ख पोखेकै थिएनँ ।
समयको घाउ ब्यक्तिको भन्दा गहिरो भएछ,
बाटो ढुकेर बस्छ र भन्छ मैले रोकेकै थिएनँ ।
मखमली सम्झेर रोपेको ऐँजेरु बनेर पलायो,
अब भन्ने विकल्प एक छ मैले रोपेकै थिएनँ ।
(महेन्द्रनगर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।