किन निर्मम समय मलाई बार बार गर्छ र दुख्ने ठाउँहरू रोजेर बज्र प्रहार गर्छ । प्रारब्धले त्यसैको परीक्षा लिन्छ सायद जसले पटक पटक प्रहार स्वीकार गर्छ । कर्म त केवल मन भुलाउने उपाय हुन भाग्य हुनेले नियन्त्रण सारा संसार गर्छ । इतिहास साक्षी छ दु:ख उहीँ भोग्छ जो आफ्नाहरू माथि विश्वास निराधार गर्छ । पदासीनहरू मुलुकप्रति उदासीन छन् यो देशको चिन्ता केवल बेरोजगार गर्छ । (महेन्द्रनगर)