चाहनाको धागोलाई तनाइराख्नु साह्रो भयो मायाको आगोलाई जलाइराख्नु गाह्रो भयो । रूपसीको मुस्कानले हुरूक्क त भएकै हो नि मिलनको आतुरीलाई बचाइराख्नु गाह्रो भयो । धारिलो वचनले खुत्रुक्क त पारेकै हो मनलाई नुनिलो नेत्रजललाई सजाइराख्नु गाह्रो भयो । परेवाको जोडी भनी खिज्याउनेलाई के भनूँ खै छातीभित्रको बहलाई लुकाइराख्नु गाह्रो भयो । कपटी, तुजुकी र निर्दयी पो छ ‘रे यो “हिमांशु” कोमल भित्री दहलाई देखाइराख्नु गाह्रो भयो । (डाउहिल, खरसाङ, भारत)