'म' बस्नको निम्ति भित्र पसेको छु 'तिमी' बाहिर निस्कन मभित्र पसेकी छौ त्यसैले 'म' तिमीसँग जस्तै भएपनि छु रहन्छु । 'म' शान्त छु आक्रान्त छु आफ्नै तातोमा भत्भत् पिरोलिन्छु आफ्नै जाडोमा कक्रिएर बस्छु यही भाषाको मकलमा यस्तै यिनै शब्दका झिल्का तापेर बस्छु- छु तिमीभित्रै पसेकी भएपनि मेरो यस्तो शान्त मुद्राले Read more
यसपाली जस्तो बाढी यसअघि कहिल्यै आएको थिएन गाउँमा । ... योपालीको बाढी गाउँ पसेपछि खेतका लहलहाउँदा बाला देखिएनन् पसिना बगाएको खेत देखिएन बस्ती देखिएन, घरहरु देखिएनन् बाटो देखिएन आफ्नै पदचापहरु देखिएनन् ... जताततै समयको धमिलो सागर देखियो त्यही सागरमा देखिए उत्साहले बगेका कुटिल आँखाहरु उमङ्गले बगेका हिंस्रक नंग्राहरु कुनै उत्सव Read more
म आधुनिकताले जेलिएको मान्छे मलाई आधुनिकता मन पर्छ परम्परागत सोचभन्दा पर म भुल्न चाहन्छु आधुनिकतामा । म भटमास बेचेर न्युटेला किन्छु किनभने न्युटेलामा आधुनिकता छ 'मिल्क टी'को पारखी म , दूध बेचेर एक कप तातो चिया पिउँछु म एक पोको म्याङ्गो फ्रुटी पिउँछु दुई किलो आँप बेचेर स्वास्थ्यप्रति सचेत म, Read more
लैना हुन कि बकेर्ना हुन बाच्छा-पाडा हुन कि बूढ़ाखाडा हुन किर्नाका लागि केही फ़रक पर्दैन आँगमा पर्न पायो भने छालामा टेक्न पायो भने लपक्कै लाएर/ छालाजस्तै भएर टपक्कै टाँसिन्छन् किर्नाहरू मानिलिऊँ कि- बाहिरी अवयव हुँदै होइनन् शरीरकै एक अङ्ग हुन् किर्नाहरू! खान नपाएर टाक्सिएका हुन् कि खाँदाखाँदा उकासिएका हुन् किर्नाको Read more