उज्यालो अरूलाई दिएर वर्षौ–वर्षदेखि नै, किन अँध्यारो ओढिरहेछ– यो घाम ? सुनगभा फक्रिएर कोकील वैंसका हजारौं उमङ्गहरू तरूनी बयमा गुञ्जिरहँदा आज किन झरिरहेछन् विश्वासका हिँउफूलहरू –जीवनको डालीबाट ? उमेरसँगै हुर्किएर मनका भित्ताहरूमा मुस्कुराइरहेका यौवनका वहरहरू आज किन निःशब्द छन् वनडढेलोले खाएको उदास सालघारीझैँ ? सपनाका छिँडीहरू खोस्रिएर रसाइरहेका झरनाहरू आफ्नै Read more
अँध्यारा,चिसा रातहरुमा आँसुले आँखा भिझाएर निद्रा नपरेपछि प्रायः म झ्यालबाट बाहिर नियाल्ने गर्छु मोती चम्केझैँ टल्केका पातहरुसँग मनमनै भलाकुसारी गर्छु। शीतले निथ्रुक भिजेका फूलका थुङ्गाहरुसँग आँसु खसाल्दै भावविह्वल भएर रुने गर्छु शीतको थोपासँगै भुइँमा खसेका फूलका पत्रापत्रा देखेर मनलाई सान्त्वना दिने गर्छु। आफू जस्तै आँसु बगाउने साथी पाएर आज म Read more
आँखाहरू – तिसानी
वास्तवमा यी आँखा होइनन् यी त कहिले नझर्न वाचा गरेका विजय झण्डाहरू हुन । वास्तवमा यी आँखा होइनन् यी त राता गुलाबहरूका काँडाहरूले बनाएका सुन्दर मुर्तिहरू हुन् । वास्तवमा यी आँखा होइनन् यी त प्रत्येक मान्छेको मन जित्न सफल आँसु बिनाको एन्डसनको नाटक हुन् । वास्तवमा यी आँखा होइनन् यी Read more
जब सुन्दर फूलसँगै फूलजस्तै मुस्काएर तिमी बस्छयौ सधैं दोधार हुन्छ कसको तारिफ गरौं फूलको या तिम्रो ? जब तलाउको पानी अँजुलीभरि उठाएर आकाशतिर मिल्काउँछ्यौ सधैं दोधार हुन्छ कता हेरौं तिमीतिर या पानीबाट बनेको इन्द्रेणीतिर ? जब चराहरूको सुर समातेर मिर्मिरेमा तिमी गाउन थाल्छ्यौ सधैं दोधार हुन्छ कसलाई सुनौं चरा या Read more
भर्खर उम्रेका जुँगाका रेखी मुसार्दै छ मेरो छोरो खै के सोच्दै छ कुन्नि ? जन्मभूमिसँग के भन्न खौज्दै छ कुन्नि ? कल्पनाको सागरमा हराइरहेको छ ऊ भित्रभित्रै डराइरहेको जस्तो छ ऊ मनमा एक्लै गुनगुनाइरहेको छ, मेरो जीवन भरोसाको छोरो । भिर पहराहरू फोरेर सुन निकाल्न सोच्दै हो कि ? आफ्नै Read more
धेरै वर्षपछि ब्युँझिएको म हेर्दै बाजेको अस्थिपञ्जरमा नियतिको क्रूर मजाक उभिएको छु चौबाटोमा खोज्दै लुटिएको धनुषकाणमा सभ्यताको प्रथम आवाज लगाउँदै कोम्बीमा धार फेरि आइपुगेको छु उही ठाउँमा जहाँ बज्ने गर्छ साकेन्वाको आदिम धुन जहाँ बग्ने गर्छ लोरीका लयहरूमा मुन्धुमको विस्मृत कथा । नाच्ने गर्छ अझै पनि स्मृतिको सुदूर सन्नाटामा धुजाधुजा Read more
हो, यहीँ कतै रोपेको थिएँ मैले सपनाको बिउ गर्दै उकाली ओराली गाउँ बेसीका हृदयभरि सजाएर सुनगाभा जीवन फुलाउने सपना सजाएको थिएँ र खोस्रेको थिएँ यिनै पहराहरू बगाएर पसिनाका अजस्र धारा सिँचेको थिएँ सपनाका पख्य्रानहरू । पुर्खाको थातलाई भाग्यसँग जोड्दै म खोज्दै थिएँ जीवनको अर्थ यहीँ कतै र निरुत्तर निरुत्तर मनलाई Read more
म फेरि आइपुगेको छु जेलर तिम्रो यो बन्दीगृहभित्र । घरि लछारिएर र घरि पछारिएर घरि कुटिएर र घरि कुल्चिएर म फेरि ल्याइएको छु यहाँ । तिम्रो आश्चर्य यो हाँसो साक्षी रहनेछ मेरो र तिमीले फेरि गर्नेछौ मेरो सीदाको व्यापार । आश्चर्यचकित छौ हैन ? तिम्रा उचालिएका आँखीभौंहरुले सोध्न खोजेको प्रश्न Read more
जसरी गोधुलीको पूर्व सन्ध्यामा झुल्किन्छन् एक हूल ताराहरू ठिक त्यसै गरी मान्छे नजन्मिदै जन्मिन्छ सपना । बाबुआमाका रहर र चाहनासँगै बर्षहरु खाएपछि हुर्किन्छ सपना क्रमशः बालक, किशोर र जवान भएर तन्नेरीसँगै कलेज जान्छ सपना कुनै सपना अधुरै हुन्छ र रहन्छ दागी लागेर पढ्नै छोडेको विद्धार्थी जस्तो । कुनै उच्चतहको प्रमाणपत्र Read more
मूढ – निम्ब तरु
मेरो मूढ चल्यो म हिँडिदिएँ बिना उद्देश्य । मेरो मूढ चल्यो म फर्किदिएँ यथास्थानमा । के मूढ चल्यो म बसिरहें नदी किनारमा । भनेमुताविक छैन् संसार यकिनन् जिन्दगी चलिरहेछ अब मेरो मूढले के भन्छ ? कुनै जात्राको लिङ्गो भएर रहन चाहन्थेँ मेला सिध्दिएपछि उखेलेर छिट्टै फाल्नेछन् फूलपाती त खोलामा सेलाउँछन् Read more