जब सुन्दर फूलसँगै
फूलजस्तै मुस्काएर तिमी बस्छयौ
सधैं दोधार हुन्छ
कसको तारिफ गरौं
फूलको या तिम्रो ?
जब तलाउको पानी
अँजुलीभरि उठाएर
आकाशतिर मिल्काउँछ्यौ
सधैं दोधार हुन्छ
कता हेरौं
तिमीतिर या पानीबाट बनेको इन्द्रेणीतिर ?
जब चराहरूको सुर समातेर
मिर्मिरेमा तिमी गाउन थाल्छ्यौ
सधैं दोधार हुन्छ
कसलाई सुनौं
चरा या चराजस्तै तिमीलाई ?
यस्तो लागिरहेछ
जिन्दगी भनेकै
दोधारहरूमध्ये छानिएको
केवल एउटा धार रहेछ ।
(अरुण- ५, भोजपुर)