समाजसेवी अमरराज एक दिन बिरामी परे । उपचार छिटोछरितो होला। चाँडै नै निको भइएला भनेर उनी बिस्तारै बिस्तारै हिँडेरै नजिकको प्राइभेट हस्पिटल पुगे । चेकजाँच भयो । उनलाई भर्णा गरेर बस्नुपर्छ भनियो । उनको रगत, दिशा, पिसाब, खकार सबै जाँच गरियो । एक्स रे, अल्ट्रासाउड, सि टि स्क्यान पनि गरियो Read more
परेवाका जोडीले घरको पालीमा गुँड बनाए । गुँड तयार भएपछि पोथीले फुल पारी र ओथारो बसी । फुलबाट चल्ला निस्केछन्, चीँचीँ आवाज आयो । दुवैले पालैपालो चारो खुवाउन थाले । साना चल्ला प्वाँख नउम्रेका पखेटा फटफटाउँदै चारो खान्थे, बस्थे । दृश्य रमाइलो थियो । मन प्रफुल्ल भयो । केही दिनमै Read more
“बा–आमा खुब खुसी भए रे, म जन्मदा । धर्म परम्परा अनुसार छोरो अत्यावश्यकै पर्छ रे ।“ ऊ सानै छँदा बाले भनेको सम्झ्यो । उसको बिहे भयो । लोग्ने बन्यो । जिम्मेवारी बढ्यो । अब बा–आमाको भन्दा पनि स्वास्नीका लागि बाँच्न थाल्यो । लोग्ने हुनुको दायित्व बोध भयो । स्वास्नीका रहरहरु Read more
तराईको विकट गाउँमा बुबाआमा र सरिता बसोबास गर्दै आएका थिए । सरिताको बुबा गाउँ कै सरकारि स्कुलमा अध्यापन गर्थेँ भने सरिता पनि सोही बिधालयमा अध्ययन गर्थिन। गाउमा छोरी मान्छेले शिक्षा लिनु युद्द जित्नु जस्तै मानिन्थ्यो। सरिताको बुवा शिक्षक भएकै कारणले अध्ययन गर्न उनलाई छुट थियो। प्रायजसो कक्षामा छात्राहरु Read more
“लोकल छ थापा दाइ ! ” बिरमानले मासुपसलभित्र पस्दै सोध्यो । ” पिउने कि टोक्ने ” ! हँसिलो र ठट्यौली पाराका थापा दाइले हातको हाउभाउ सहित प्रतिप्रश्न गरे, र थपे, “कति बनाऊँ ? ” “अब दुईजना छौँ कति खाइएला र ? डेढदुई किलोको जोख्नु न । चट्ट मरमसाला Read more
एउटा छोरालाई होटल म्यानेजमेन्ट पढ्न विदेश पठाकी छिन्, छोरीलाई नेपालमै एग्रिकल्चर पढाएकी छन्, घरमा गएर हेर्यो भने उस्तै रमित लाग्ने वातावरण छ । यो देख्दा हामी अरुको आशमा बाच्ने, र केही गर्ने आँट नभएका हुतिहारा अल्छेहरुलाई, अम्बिका दिदीको पौरख र जाँगरले गिज्याएझैँ लाग्छ । एक दिन हामी दुईचार जनाको समूह Read more
काठमाडौंमा सडक, चौर, गल्ली, जताततै देखिने ठुलासाना आकारका साँढेहरू अचानक कता हराए ? लक्ष्मीनारायणको प्रश्नले म बिगत सम्झन बाध्य भएँ। दुई हजार छप्पन्नताका जब म चक्रपथको सडक छेउमा कतै गइरहेको थिएँ । जोरदार साइरनको साथमा अगाडि पछाडि नेपाल प्रहरीको जीप बिचमा खोई कुन कम्पनीको निलो रंगको गाडी हुइँकिएको थियो Read more
चारू म तिमीबिना बाच्न सक्दिनँ । मैले तिमीलाई धेरै माया गर्छु । छविले धेरै पटक चारूलाई भनेको थियो । चारूले मनमनै सोचिन्, मलाई यति धेरै माया गरेको छ, म अरू के खोज्नु हुन्छ भनिदिन्छु । आखिर सँगै कलेज पढेका छौँ । पछि मिलेर केही गरौँला । सात Read more
आफ्नो सिफ्टमा अन्यत्र काम नगर्न र सिफ्टको समयबाहेक पनि अन्यत्र काम गर्दा विश्वविद्यालयको अनुमति लिनुपर्ने विश्वविद्यालयको नियमावलीमा भएको व्यवस्थाअनुसार सम्बन्धित क्याम्पस र कर्मचारीलाई परिपत्र गरिएको थियो । बेलामौकामा डीन र क्याम्पस प्रमुखहरूले पनि आफू मातहतका सरकोरवाला सबैलाई मौखिक जानकारी गराएका थिए । आफ्नो पिरियड पढाएर हाजिर गरी दश ठाउँ भ्याउनेहरूलाई Read more
आफ्नै खर्चमा पुस्तक छाप्ने मूर्ख लेखक म भएको छु । साथीभाइले किनी पढिदिउन् भनेर किताब बोकेर भेटिरहेको छु । कति त तिरस्कार भाव झल्काउँदै भाग्छन् । कति पुस्तक हातमा लिएर ओल्टाइ पल्टाइ गर्छन् तर फ्याट्ट पुस्तक फालेर पुस्तकप्रति गहिरो वितृष्णा देखाउँछन् । थुप्रै पुस्तक उपहार बाँडेर साहित्यकार बन्ने धुनमा मैले Read more