राप्पैसित जेइले पोल्देका हर्या घोगा । तिनै घोगा चपाउदै बाबाका मुखबाट न्याम्ना सुनेको भर्कल भर्कल अर्थात बेली हो कि अस्ति जस्तो लाग्छ । त्यो क्षण सम्झिदा अहिले पनि थुक्ले मुख भरिन्छ । मीठो स्वादले घुटुक्क निल्छु । “न्याम्ना पनि कोई हाँस्सामर्ना, कोई रर्रामर्ना र कोई डर्रामर्ना हुन्याठर्या नि बाबै ?” Read more
मुसिकोटको खलंगा बजारमा चट्पटे बेच्ने जयकली र अरबको खाडीमा मजदुरी गर्ने रामप्रसाद लोग्ने स्वास्नी थिए । “दशै पनि आई सक्यो । मलाई त केही पनि चाहिँदैन । तर केटाकेटीले राम्रो लुगा किन्न खोज्छन् । मिठो मसिनो खाना रोज्छन् । नौ दश हजार जति पठाइदिनुस् दशै मान्नलाई ।” जयकलीले Read more
ऊ मलाई औधी मन पर्छ , अति नै राम्रो लाग्छ । राम्रो होइन सुन्दर र सुशील पनि लाग्छ । यो संसारको सबैभन्दा असल सुन्दर सुशील, व्यवहारिक मान्छे उही हो । हो, केवल ऊ मात्र हो । यो संसारमा ऊ जस्तो गुणकारी मान्छे अरू हुनै सक्दैनन् । उसको हँसाइ, बोलाइ, Read more
पोखराबाट लगातार चार दिन हिँडेर बुटबल आइपुगेका थिए उनीहरू । कोरोना महामारी रोगका कारण लकडाउन भएको तेस्रो हप्ता थियो यो । घामपानी, गर्मीजाडो, भोकप्यास, दिनरात केही नभनी हिँड्न बिवश थिए ती परिवार । दलबहादुर, आफ्नी श्रीमति, तीन वर्षकी सानी छोरी र सात वर्षे छोरो उसको परिवारदल भन्नु नै यति थियो Read more
प्रतिमा दिदीको दु:ख र हैरानी देखेर म आफै हैरान र दिक्क भएको छु । यो उमेरमा आएर पनि अब यत्तिको भागदौड गर्न छाडिदिनुस भनेको दिदीलाई पटक्कै लाग्दैन । दिदी आफ्नै जिद्दीमा अडिनु हुन्छ, कहिले बिहानको चार बजे घरबाट निस्केको मान्छे राति गाडी नपाएर अलपत्र परेपछि केटाहरु बाइक लिएर लिन जानुपर्छ Read more
हामी केटाकेटी नै थियौँ । मलाई अलिअलि स्मृति छ, धुधिँलो स्मृति । मैले हेक्का पाउँदा देखेको जगतदाइको मुखाकृत भुल्दिनँ । पुलिसहरू आएका थिए गाउँमा । अनौठो लागेको थियो । रातो गोलो टोपी, खाकीको खैरो बर्दी, हातमा रातो कापी र लौरो मात्र थियो । तीनजनामा, दुईवटाले बन्दुक र एउटाले फलामको साङ्ली Read more
“हजुरआमा म कसरी जन्मिएकी ?” “तँलाई जन्माएको होइन, भेट्टाएर ल्याएको हो । ” मैले सधैं प्रश्न सोध्दा हजुरआमाले दिने जवाफ यही हुन्थ्यो । किन किन त्यो कुराले मनमा असाध्यै बिझाउँथ्यो । म एक्लै हुँदा रुने गर्थे । चारवटी दिदीको बिहेपछि म जन्मिएकि थिएँ, अन्तिम छोरी तर पनि बालाई छोरो Read more
‘नेपालबाट एउटी राम्री केटी आएकी छ यार हाम्रै कलेजमा’ भनेर क्लासरूमतिर लाग्यो गोपाल । एक त विदेश त्यसमा पनि म पढ्ने कलेजमा नेपालीहरू कम थिए । सायद त्यसैले पनि होला नेपाली केटी स्टुडेन्टको रूपमा देखा पर्नु ठुलो कुरा हुन गयो हाम्रो लागि । हामीहरू विभिन्न बाहनामा उसको सामु देखा पथ्र्यौं Read more
एकदिनको कुरा हो, भूमिपति बूढा मुर्मुरिँदै पुरेत कहाँ आए । पुरेत बाजे साँझ बत्ती बाल्ने तयारी गर्दै थिए । “पुरेत बाजे !”आवाज सुनेर पुरेत बाजे हतार हतार बाहिर निस्किए । “खै ! तिम्री छोरी ?” भूमिपतिले ठाडो गरी सोधे । “भैंसीलाई दाना खुवाउँदै छे क्यार ! के बिराई कुन्नी ! Read more
ऊ जाग्दा घाम निकै माथि आइसकेको थियो । उसले वार्दलीबाट सुदूर पूर्वको आकाश हे¥यो । वैशाख महिनाको आकाश धुम्म थियो । सबैतिर सन्नाटा फैलिएको थियो । ‘वसन्तको बिहान पनि कस्तो उदेक लाग्दो !’ उसले मनमनै सोच्दै चुरोट सल्कायो । चुरोटको धुवाँ गोलो आकारमा लहरिदै आकासियो । उसले धुवाँको पर्दाले छेलिएको Read more