राप्पैसित जेइले पोल्देका हर्या घोगा । तिनै घोगा चपाउदै बाबाका मुखबाट न्याम्ना सुनेको भर्कल भर्कल अर्थात बेली हो कि अस्ति जस्तो लाग्छ । त्यो क्षण सम्झिदा अहिले पनि थुक्ले मुख भरिन्छ । मीठो स्वादले घुटुक्क निल्छु । “न्याम्ना पनि कोई हाँस्सामर्ना, कोई रर्रामर्ना र कोई डर्रामर्ना हुन्याठर्या नि बाबै ?” घरको ओटामाथि घोगाका थुप्रोमा बसेकोबेला शरद ऋतुमा यो जिज्ञासा आउँन पुग्छ । त्यसबेला चेत पाउने भइसकेको हुन्छु ।
घोगा भाँचेका कम्द अर्थात घोघार्नु लरै लागेका किला र दाम्लानु बल्द, गाई, भैसा, भेराबाख्रा, पाराबच्छा बाँधिएका हुन्छन् । त्यसको नजिकै एक छाँने नल्ठ्या छाप्रो हँुन्छ । छाप्रोमुनि नल्ठा त्यही उफ्र बोद्लाको ओछ्यान । त्यही ओछ्यानमा ठेटुवाको खास्टो ओढी बाबाको न्यानो काखभित्रबाट न्याम्ना सुनेको आल्लै जस्तो लाग्छ ।
“यिनी ता बेली अस्त्यिा भन्दा नइयाँ रह्चन नि तो ? यतिका न्याम्ना कस्तोरी जानिन्छ ? हँ बाबै ?” जिज्ञासु बन्दै बाबासँग प्रश्न गर्न थाल्छु ।
“आँपूm भन्दा अघ्यिाबाट सुन्यापछी, धेरै पढ्यापछी र सिक्यापछि जानिन्छ । सुन्या, पढ्या र सिक्या कुरालाई गक्मा पनि रहक्न सक्नुपर्छ ।” बाबाले सुनाउछन् ।
“गक भन्याउ क्या हो ? त्यो काँ हुन्छ तो बाबै ?” म थप जिज्ञासु बन्न पुग्छु ।
“त्यो गक ह्याँ–ह्याँभित्र हुन्छ ।” मुस्कानका साथ मेरो तालु र छाती मालिस गर्दै बाबाले जवाफ दिन्छन् । मेरा प्रश्नहरूले बाबालाई थप मन्द हाँसो ल्याइदिन्छन् ।
“त्यो भ्या मेरानु पनि हुन्छ तो बाबै त्यो ?” फेरी प्रश्न सोध्न थाल्छु ।
“काँबाट आया तो यिनी प्रश्नहरू लाटौं ?” बाबाको बोली सुन्छु । म अझै पनि अल्मलमै हुन्छु ।
“तो ता जाक्तो रह्ैचै । मेरा न्याम्ना भन्दा बर्ता जान्याउरह्चई तो । साब्बास छोरा साब्बास ! मर्द भइकन यस्तै जाक्तो बन्नुपर्छ ।” बाबाले मेरा गालामा म्वाँइ खादै विस्तारै ह्याँकुलामा थपरी मार्छन् ।
“जाक्तो भन्याउ क्या हो तो बाबै ?” मेरा प्रश्नले रात धकेल्ने छाँट देदाउन थाल्छन् । “त्यसको उत्तरा म भोलि भन्लो । आज सुत्जाऔं होई लाट्टौं ?” जमाकार्दै बाबाले मलाई सुताउन चाहन्छन् ।
“त्यो भ्या एउटो न्याम्नो हाल तो ?” म फेरी बाबालाई न्याम्नैमा पु¥याउन थाल्छु ।
“ठूला चौरनु कनिका पोख्खियाउ क्या हो तो ?” मैले कनिका नबुझेकोले अथवा “चाँवल पोख्यिाउ क्या हो ? जान ?” उबेला गाउँ दिनु भन्दा पनि उत्तर जान्ने उत्सुक्ता जाग्दोरहेछ । “त्यो काँ हुन्छ ? हाम्रो घरमा छ छैन ?” उत्तर खोतल्ने इरादा मेरो हुन्छ भने गाउँ खाने इच्छा बाबाको । ठूलो चौर कहाँ हुन्छ ? घरमा हुन्छ र ? फलानो हो ? होइन । हलानो हो ? होइन । जत्ति भने पनि उत्तर मिल्दैन तो ?
“नजान्ने भए साउँद्या मात्र भन्छु ।” बाबाले भन्छन् । साउँ भन्याउ क्या हो ? मसँग दिनेजस्तो चिजमाल केही पनि छैन । क्या दिने होला ? मेरो कुरा सुन्दैगरेका बाबाले कतैको गाउँठाउँ दिनुपर्छ बताउँछन् । न्याम्नो नजान्दा गाउँ दिनुपर्ने रहेछ भन्ने अहिले बल्ल जान्न थाल्छु ।
अब मैले साउँ दिन थाल्छु । “झारसाँनीयौ कम्द लैजाउ बाबै ?” एकछिन गाउँको मालिक बनेर साउँ दिन्छु ।
“त्यो ता हाम्रै कम्द भइयो । अँ हँ त्यो हुँदैन । अन्तौं गाउँ चाइयो ।” बाबाले हास्ँदै भन्छन् ।
“त्यो भ्या गैराउ कम्द लैजाउ तो ।” फेरी अर्को दिन्छु ।
“नाई त्यो पनि हाम्रै कम्द हो ।” बाबाले सुनाउँछन् ।
“त्यो भ्या काँको दिनुपर्च तो हँ बाबै ?” म जिज्ञासा राख्न थाल्छु ।
“आफ्नो गाउँ भन्दा टाढै अथवा अरुको दिनुपर्छ ।” बाबाले सिकाउँछन् ।
“क्या भन्चन नाई… त्यो भ्या,….त्यो भ्या बल्लेजुराउ साउँ खाऊ ।” मैले सुनेको गाउँ दिन्छु ।
“हुन्छ त्यो ता हुन्छ । नाम्रोसित सुन होई ? कि निद लाइयो ?” बाबाले झिङेल्दै सोध्न थाल्छन् ।
“नई केउ चाँरो भन ?” निद्रा ता काँ हो काँ ? केही अत्तोपत्तै छैन । उत्तर जान्ने उत्सुक्ता व्यक्त गर्नथाल्छु ।
“बल्ले जुराउ गाउँ मेरो पक्का, तलाई लायो धक्का, म दूध र भात सपक्क, त बुक्ला हात लपक्क, म लिस्नानु त सिस्नानु…।” आदि कविताको लयमा भट्याउदै “खास्टो भाइर मुख ल्या तो लाट्टौं ?” मलाई बाबाले बाहिर हेर्न लगाउँछन् । म बाबाको काखबाट बाहिर निस्किेर टुलुङ टुलुङ हेर्न थाल्छु । बाबा मेरो चोर आँलाले सिकाउदै सगरका तारातिर देखाउँछन् र “ऊ त्यही हो” भन्छन् ।
“त्यो कस्तोरी भो त ?” म अक्मकिदै सोध्न थाल्छु । ठूलो चौर भन्याउ त्यो निलो देखिने सगर हो । चाँउला गेरा भन्याउ त्याँनु टिल्किने तारा ।
“अरे” मलाई खुबै चित्त बुभ्mछ । हुन पनि चकमन्न अँधेरोमा सगरतिर चियाउँदा चामल जस्तै ताराहरू टल्किएको रोचक दृश्यले लोभ्याउथ्यो ।
“म यो न्याम्नो भोली अरुलाई सोद्लो होई बाबै ?” निक्कै उत्कुक्तासाथ सोध्न थाल्छुँ ।
“दिउँसनु सोध्न हुन्न । घ्वा सोगर्नेबेला सोद्लाई होई ?” बाबाले बताउछन् ।
“दिउँसो सोद्या क्या हुन्छ र बाबै ?” फेरी जिज्ञासु बन्न पुग्छु । “छोरोछोरी लाटालाटी जर्मिन्चन गरे ।” बाबाको उत्तर आउँछ ।
“लाटालाटी कस्ता हुन्छन् ?” मेरो प्रश्नको उत्तर दिदै बाबाले “नबोल्ने” सुनाउछन् । “त्यो भ्या गैरा घ्वा सोगर्नेबेला सोध्लो होई तो ?” हो सोधलाई सोधलाई बाबाले भन्छन् । “ऊ तीन आँख्ल्या झुल्क्या । अब नसुत्या निद पुग्दैन सुज्जाउ लाट्टौं ?” बाबा सम्झाउँछन् ।
“अब एउटै खुट्या न्याम्लो हाल ह्वाँपची सुतौंला ।” मलाई निद भन्दा न्याम्ना जान्ने खुबै रहर जाग्छ, दोह¥याउन कर गर्छु ।
“पा¥या मुठी भरी, छ¥या चौरै भरी क्या हो ?” दर्जन बर्ता भन्दा पनि उत्तर मिल्दैन्थ्यो । उत्तर पाउन मैले साउँ खाऊ भने ।
“ल्या तो ल्या काँको दिन्चई ?” बाबा बोल्छन् । दवाङको गाउँ दिएँ । बाबा अगाडिकै वाक्यहरू मन्स्याउदै “यी यही हो” मेरो टोपिलाई सिकाउँछन् । दुई ओटा न्याम्ना जानेकोमा निक्कै खुशी हुँदै बाबाकै काखमा निदाउन पुग्छु ।
भोलीपल्ट ओटाभरी घोग्यानीको थुप्रो ओरपर घोगा सोगर्न जेई, बाबा, दाजु र आज्यूहरू हुन्छन् । म जेई र बाबाको बीचमा बसेको हुन्छु ।
“अई, कोइले न्याम्ना सुन्ने मान्या छौं ? जान्या भरिले नभन्ने नजान्याले मात्रै भन्ने भ्या म न्याम्ना हाल्छु ?” मेरो कुरा सुनेर सबै गल्किन्छन् ।
“सुना तो भाइ सुना मैले सुन्ने मानेई छु ।” स्यानी आज्यूले भन्छिन् ।
“जान्याले नभन्ने भन्चै क्यारै । सब्बैले जान्याउ भया क्यार्ने हो तो कान्सा ?” दाजु हाँस्दै बोल्छन् ।
“ठूला चौर्नु चाँउला गेरा फिजाल्याउ क्या हो तो ? जान ।” म पहिलो पटक न्याम्ना सुनाउन पाएको खुबै हर्षित हुन्छु ।
“मैले जान्नेले । घ्वा गेरा हो भाइ ?” स्यानी आज्यूले जवाफ दिन्छिन् ।
“त्यो होइन बारै, नि बाबै ?” म बाबालाई साँची राख्न थाल्छु ।
“न्याम्ना सोध्ने मान्स आँफै चाल पा तो । मलाई क्या था ?” मन्द मुस्कान सहित बाबा बोल्छन् ।
“तम्ले ता सिकइद्या हौ क्यारै बेल्साँज ।” म बालापनको निश्चल भावना व्यक्त गर्न पुग्छु ।
“कम्दनु घ्वां छ¥याउ हो भाइ ?” माइली आज्यूले भन्छिन् ।
त्यो पनि होइन बारै । “चल्लालाई चारो हाल्यउ हो । नि भाइ ?” ठूली आज्यूले भन्छिन् ।
“त्यो पनि कत्ति होइन । नि जेई ?” निक्कै पूmर्ती साथ भन्न थल्छु ।
“मैले जान्याउ छु । म भन्छु होई कान्सा ?” जेइ नबोल्दै दाजुुले भन्न पुग्छन् ।
“नाई दे, नभन, म गाउँ खाँनियौं । भन्द्या था होला ?” मेरो बाल हट सुनेर सबै हाँस्छन् । सायद दाजुले पनि मैले सुने जस्तै गरी बाबाकै मुखबाट त्यो न्याम्नो जानेको हुनुपर्छ ।
“त्यो भ्या आदा गाउँ मलाई देलाई होई कान्सा ?” दाजुले ठट्टा गर्दै सर्त राख्छन् ।
“हुन्च बरु दिउला ।” दाजुलाई आश्वासन दिन्छु ।
“तेरो न्याम्नो ता खुप्पै कर्रो प रैच तो ?” घोगा सोगर्दै जेइले सुनाउछिन् ।
“चाँरी साउँ ल्याउ ?” म आज्यूहरूलाई अत्याउँछु ।
“गुइया गौंराउ गाउँ लैजा होई भाइ ?” स्यानी आज्यू बोल्दा हात्ले नाक थुन्दै “छि क्या भन्छे अथलैले ।” ठूली आज्यूले सुनाउछिन् ।
“म दिन्चु होई भाइ तलाई सद्या सप्¥याउ गाउँ ?” माइली आज्यूले भन्छिन् ।
“हुन्छ चाँरी ल्याउँ ?” मलाई गाउँखान हतार हुन्छ ।
“स्यानटाकुरियौ. गाउँ लैजा होई भइ ?” माइली आज्यूले सुनाउछिन् ।
“हो हुन्छ ।” रमाउँदे स्वीकार्न पुग्छु । “गाउँ पाइसक्यापची क्या भन्नुपर्च गरे बाबै ?” ज्यात्याप्यात्या भट्याउने कुराहरू बिर्सेकोले सोध्न पुग्छु । सबै फत्किन थाल्छन् ।
“गाउँपायापची उत्तर भन्ने ।” मस्किदै बाबा बोल्छन् ।
“अरे अइल सम्जेले बाल । स्यानटाकुरियौं गाउँ मेरोे पक्का, तमेरुलाई लाइयो धक्का । म दूध र भात खाँउला, तमेरु च्याउला । त्यो भन्याउ सगर र तारा हो ।” पूmर्तिसाथ उत्तर भन्न पुग्छु ।
हाई ! त्यो ता मैले भन्ने मान्याई थ्याँ लाई । स्यानी आज्यू दंग पर्दै भन्छिन् । “अब म सोद्निउ होई भाइ ?” स्यानी आज्यूले पालो माग्छिन् । पहिलो पटक न्याम्नो सुनाई गाउँ खाएकोमा मेरा खुट्टा भूइँमा छैनन कि झै लाग्न थाल्छ ।
“स्यानोस्यानो रुख चर्नाको दुख क्या हो ? त नभनेई होई भाइ ?” सायद स्यानी आज्यूले मलाई खुबै जान्या होला झै ठान्थिन होला ।
“त्यो ता मैले पनि जानेई छु ।” माइली आज्यू बोल्छिन् ।
“कोले ता जान्याउ होओइन लाई ? अर्को कुनाबाट ठूली आज्यू बोल्छिन् ।
म खुर्र दौडेर ठूली आज्यूको कान्मा मसिनो बोल्छु “मलाई सिकाइदेउ आज्यू म भन्छु ।”
ठूली आज्यूले पनि कानैमा पर्ने गरी “सिस्नो भन सिस्नो” बताउँछिन् । पुनः पहिलेकै स्थानमा फर्केर आधा सलाई छुटाएर भन्न थाल्छु “सिनो हो ।”
“त्यो होइन बारै ।” म बाहेकको हाँसोले ओटो थर्किन्छ ।
ठूली आज्यूले सिस्नो हो भन्छिन् ।
“स्यानीस्यानी लखेनीको हातभरी चुरा क्या हो ?” ठूली आज्यूले अर्को न्याम्नो उबाज्छिन् ।
स्यानी आज्यू जेइतिर आएर “तम्ले जानेइछेउ त्यो भन्याउ क्या हो ? चाल्चालो मलाई सिकाइदिन्नउ जेई ?” कान्याखुशी गरेको सुनेर म पनि बाबाको नजिकै जान्छु र “क्या हो बाबै त्यो भन्याउ ?” सोध्न पुग्छु ।
“म जान्दिन मस्तै भन्दै जाउ आफै जान्निछ । न जान्या साउँ देउ ? त्याँबाट जान्निछ ।”
दाजुलाई सोध्छु, “तम्ले जान्या छौ दाजु ?”
“जान्याउ ता थ्याँ बिर्सेल्या ।” दाजुबाट जवाफ आउँछ । माइली आज्यू झटारो हान्छिन् ।
“त्यो पनि होइन ।” ठूली आज्यू भन्छिन् ।
“काँ हुन्छ त्यो घर कि वन ? हँ ठूली आज्यू ?” स्यानी आज्यूले सोध्छिन् ।
“काँ हुन्छ काँ ? भन्ने भ्या चाँरी भन्नेल नतरी साउँ देउ ? कोइले नजान्या हुन्नो लाई ? कस्तारी गाउँ खाँदाउ ।” ठुली आज्यू आत्तिदै बोल्छिन् ।
यसरी नजान्दिए गाउँ खान पाइन्थ्यो भन्ने पहिलो पक्ष प्रश्नकर्ता (ठूली आज्यू) लाई लाग्छ । यता दोस्रो पक्ष (हामी) लाई केही गरी प्रश्नको उत्तर फुत्क्याउने अर्थात जान्ने खुल्दुली जाग्छ ।
“अब जानिन्न साँउ देलौं होई माँल्याज्यू ?” स्यानी आज्यूले प्रस्ताव गर्छिन । नै दे ? अइलै दिने होइन भन्दै धेरै वस्तुका नाम भन्छिन् तर उत्तर मिल्दैन । अब गाउँ दिन सहमत हुन्छौं । काँको गाउँ दिने हो तो ? तलिगाउँ दिउँ होई भाइ ? स्यानी आज्यूले मलाई सोध्छिन् । मलाई उत्तर सुन्न हतार भएकोले ढिला गर्ने कुरै भएन । खुशीसाथ हुन्छ भन्दिएँ । गाउँ पाइसकेपछि मन्स्याउछिन् ठूली आज्यू । तलिगाउँ मेरो पक्का, तलाई लाइयो धक्क । त्याँका गाइभैसाउ दुध, दै, घिउ जम्मै मेरो । तिनको मलमुत्र, राल, सिगान सप्पै तेरो । मलो, मिठो जम्मै मेरो तितो चुकिलो, टर्रो सप्पै तेरो । चाँरी भन हामीबाट प्रतिपश्न शुरु हुन्छ । सुन होई साब्बैेले नाम्रोसित ? आँखाकान खोलीकन सुन । खुप्पै ध्यान दिइकन सुन । त्यो भन्याउ कुचो हो । हामी सबै जिल्लिन्छौं । हाई ! अब क्रमशः दाजु, जेई र बाबाले न्याम्ना सुनाउँछन् । यतिबेला घोगा पनि सोगरी सकिन्छन् ।
“फलाँनाले ता मस्तै साउँ खाल्यो गरे ।” मैले बेल्साँझ गाउँ खाएको हल्ला भोलीपल्ट टोलभरी फिजिन्छ ।
“स्यानदाइले सित्ति सलामर्ना भन्दैन गरे । साँज ता सुन्न जाम्ला होई ?” टोलका सबै केटाकेटीहरू सल्लाह गर्छन । नभन्दै साँझ ओटाभरी न्याम्ना सुन्नेको घुइचो लाग्छ । योबेला यहाँ, घोगाका कोसाभन्दा ज्यादा न्याम्ना सुन्नेका टाउका हुन्छन् ।
जम्मा भएका छिमेकीले मलाई न्याम्ना सुनाउन जिद्धि गर्न थाल्छन् । म आफ्ना दाजु र आज्यूहरूसँग जान्या पनि नजान्यास्तो गर्न गोप्या सल्लाह गर्छु ।
“चाँरी सुना केउ स्यान्दाइ ? हाम्ले कस्तो सुन्ने मान्या छौं लाई ?” म पनि कस्सिन थाल्छु न्याम्ना सुनाउन ।
“माले छाद्ने छोरीले खाने क्या हो तो ? जान ?” सबै मुखामुख गर्छन । उत्तर भन्ने आँट कसैको आउँदैन । बिस्तारै सबैले झटारो हान्छन् तर उत्तर मिल्दैन । अन्तमा सबैजना साउँ दिन तयार हुन्छन् । ल्हइतौ गाउँ देलियौं । उत्तर भन ? गाउँ प्राप्त भइसकेपछि मन्स्याउन थाल्छु । ल्हइतौ गाउँ मेरो पक्का, तम्लाई लाइयो धक्का । त्याँका कम्दनु फल्या सग्ला घोगाकोसा मेरा । ढल्याप¥या र चरामुसाले खाया भरी तम्रा । त्याँका गद्दुकाँक्रा, सिमीभट्ट, गुराँस, सिल्टिङ सबै मेरा त्याँनुन्वा जुका, पिउसा, साप छेपारा, गरेल्चापा सबै तम्रा । त्याँका गाउँ भरीयौं अन्ना थुप्रा मेरा । त्याँन्वा गुका थुप्रा र सिगानखकार सबै तम्रा । मैले यसरी भट्याउदा कोही खास्टाभित्र मुख लुाउदै हाँस्थे त कोही भने त्यत्तिकै । लौ सुन नाम्रोसित सुन होई ? त्यो भन्याउ गाग्रो र लोट्या हो ।
“हाई तो !” दुईथरी दाँतले जिब्रो च्याप्दै सबै जिल्ल पर्छन ।
उनीहरूले पुनः मलाई न्याम्ना सुनाउन आग्रह गर्छन ।
“अब न्याम्ना सुनाउने तमेरुकोे पालो ।” पालो उनीहरूलाई दिन्छु ।
उनीहरू पनि पालो अनुसार न्याम्ना सुनाउन थाल्छन् । मैले जानेका न्याम्ना सकिएकोले म मोही खाने निहुँले भित्र पस्छु ।
“घुर्लिघ्वम ! घुर्लिघ्वाम !! घुर्लिघ्वाम !!!” बाबा मोही पार्न व्यस्त हुन्छन् ।
“बाबै अ बाबै, मलाई एउटो न्याम्नो सिकाइदेउ तो ? भाइर सुनाउने ।” बाबाकै पिठ्यूमा चढेर मसिनो आवाजमा जिद्धि गर्छु । म पछि सिकाइ दिउला अइल तेर्ज्यालाई सोध । भोलि बिहान कुट्ने घोगा उर्धार्दै गरेकी जेइलाई सोधन पुग्छु । “बाग जस्तै घुराउने साप जस्तै बेरिरने क्या हो ? त्यई सुनाइदे जा ?” जेइले सिकाएको न्याम्नो सुनाउन भाइरपाई डुक्रिन थाल्छु ।
“त्यखो उत्तर क्या भन्ने मान्याउछर्ई ?” जेइले सम्झाउँदा “अरे, क्या हो हँ ?” सोध्न पुग्छु । “तेरा बाले क्यार्न लाछन् गरे ?” जेइले प्रश्न गर्छिन ? “मोही पार्न लाछन् ।” मेरो जवाफ सुन्नसाथ हो त्यही हो त्यस्को उत्तर जेइले सुनाउछिन् ।
प्रयोगात्मक एवम् शैक्षिक सामाग्री सहित कहिल्यई नबिर्सिने गरी जेइले सिकाएको न्याम्नो लिदै भाइर गएर सुनाउन थाल्छु अनि गाउँ खान्छु । घरी मोही ल्याउने त घरी पोल्या घोगा ल्याउने बिभिन्न बहानले भित्र पस्दै जेई र बाबाबाट सिकाई माग्दै त्यो रात मैले करीब आधा दर्जन गाउँ खान पुग्छु । त्यहाँ जम्मा भएका भाइबहिनीहरूबाट पनि धेरै न्याम्ना जान्ने अवसर मिल्छ ।
“घ्वा नसकिदै बेली अस्तिदेखि ह्याँ आयाउ भ्या कति जानिदो नि ? नि दिदै ?” छिमेकका बहिनीहरूले मेरा आज्यूरूलाई सुनाउँछन् ।
“अब आइसेला यई मास घ्वा सोगर्नेबेला मस्तै न्याम्ना सुनाम्ला होई ?” निक्त्याउला घोगा सोगर्दै ठूली आज्यूले सुनाउछिन् ।
“अब घ्वा सोगरी सक्या पनि उधार्नेबेला न्याम्ना सुनाए पनि हुन्च गरे ? नि दाजु ?” स्यानी आज्यूले सोध्न थाल्छिन् ।
“नसकी तो ? सकिन्छ नि ?” दाजुले स्पष्ट पार्छन् ।
“हो ? हो ? ठूलदाइले साँच्चै भन्या भन्न पनि । अब घ्वा उधार्ने बेला स्यान्दाइका मस्तै न्याम्ना सुन्नुपर्छ । होई ?” यही आशाका साथ भाइबैनाहरू पोकको ओछ्यानमा गुन्नली पर्दै घुर्न थाल्छन् ।