आनन्दले अनलाइनका लघुकथाहरु पढ्दै थिए । एउटा कथामा पुगेपछि उनका आँखा टक्क अडिए । उनले सररर पढे । मन छोयो । त्यसपछि उनले ती कथाकारका अरु कथा पनि पढ्दै गए । कथाहरु सरल भाषामा लेखिएका राम्रा थिए । राम्रा त थिए तर कतिपय कथा अलि प्रेममय । शृङ्गारिक साहित्य Read more
कोठा सर्दासर्दा दिक्क भइसकेको हरिनारायणलाई फेरि कोठा सर्नुपर्ने भयो। त्यो पनि अर्को स्टेटमा। उसको क्यालिफोर्नियाको राजधानी स्याक्रोम्यान्टोमा सरूवा भएको थियो। शुरुमा त सुरक्षित ठाउँ हेर्नुपर्यो। अनि काम गर्ने ठाउँको पायक पर्ने ठाउँ हुनुपर्यो। असल छिमेकीहरू भएको हुनुपर्यो। यसो तरकारी किराना पसल नजिक भए झन् उत्तम। सफासुग्घर र ध्वनिको Read more
म बिहान ओछ्यानमा पल्टिरहेको थिएँ । गुनीलालले हतार हतारमा आएर समाचार सुनायो -“गोहीलालले विज्ञप्ति निकालेछ नि !” उसले खररर सुनाएको विज्ञप्तिमा यस्तो थियो -“मैले वर्षौँ मुख्य पद चलाएँ। त्यसबाट आर्जन गरेको रू १०००/हो। अझ रू १५०/ करबापत उत्तै फिर्ता गरेँ । यसबाटै २ वटा पुस्तक थपेँ । जीवनसाथीको गलामा Read more
यसरी बेचैनीमा रात बित्न थालेको धेरै भैसक्यो । मनमा एक कहाली लाग्दो छट्पटी छ । उकुसमुकुस छ । भित्रबाट दुश्चिन्ताका बादलहरु मडारिएर आउँछन् । घरि र घरि दु:स्वप्नको रोटेपिङमा फन्फनी घुमिराख्छ ऊ । उसलाई त्यसकै हातबाट मारिने पो हुँ कि ? भन्ने शंकाले धेरै दिनदेखि लगातार लखेटिरहेको Read more
चिनो – कविता राई
किराहरू किरीरी कराउँदै थिए । घरछेउको खेतका गरामा पानीको समाह चलिरहेको थियो स्वाँवाँवाँ…। त्यससँगै भ्यागुताहरू ठूला साना स्वरमा ट्वार ट्वार कराइ रहेका थिए । पूर्णिमालाई आधारात बितिसक्दा पनि निद्रा लागेको थिएन । धेरै पटक कोल्टे फेरिसकेकी थिइन् । खटपट लाग्थ्यो । घरि सिरोकले मुख छोप्थिन् । फेरि निसास्सिए जस्तो हुन्थ्यो Read more
रमलाले फोन गरेर मिल्छ भने अहिल्यै नै घर आउनु पावनालाई लिन जानु पर्ने भयो भनेपछि मैले हुन्छ भनेर अफिसमा घरायसी कारण बताएर बिदा लिएँ । पार्किङ्ग लटमा आएर फेरी रमलालाई फोन गरेर म आफै गएर पावना र भावना दुवैलाई लिएर आउँछु नि भन्दा रमला मानिनन् । घर आउनु अनि सँगै Read more
भीमप्रसाद र म हित्तचित्त मिलेका साथी, विगत तिन दसकदेखि हामी विभिन्न साहित्यिक–सांस्कृतिक संघसंस्थामा सहकार्यमा छौं । प्रायः म उनलाई ‘भीमसर’ भनी सम्बोधन गर्छु । भीमसर स्याङ्जाबाट पोखरा आई बसोबास गरेका र म पनि बाहिरबाटै पोखरा आएर बसेको मान्छे । बेलाबेलामा विभिन्न ठाउँबाट साहित्यिक कार्यक्रममा सहभागिताका लागि निम्ता आउँछ । Read more
“अपराधिक क्रियाकलापमा संलग्न बाउन्न बर्षको अपराधी विश्वविजय भनिने मोहन घर्तीमगरलाई आजीवन कारावासको निर्णय । फरार अपराधी खोजी गर्न सरकार दृढ ।” आज राजधानीबाट प्रकाशित हुने प्रायः सबै अखबारहरुको पानामा यस्तै समाचार लेखिएको थियो । प्रदेश राजधानीबाट प्रसारित हुने एउटा टेलिभिजनले पर्दामा विश्वविजयको तस्वीर समेत देखायो । कम्ब्याट ड्रेस लगाएर हातमा Read more
हरियालीको हराभरासँगै एउटा सानो झुपडी पवित्र या दूषित भन्न गा¥हो थियो । त्यस झुपडीमा कसैका तिरस्कृत त कसैका घृणित आँखा लाग्थे । यसकै आसपासमा महलको चहलपहल पृथक ढङ्गको देखिन्थ्यो । यही परिवेशमा मानवीय दिनचर्या बिताउँदै मानव हृदय उल्लासित र हर्षित बनेको देखिन्थ्यो । बाघको दाँजा चौगडा कहाँ लाग्न Read more
कामरेड गोकुलमान दिनभरि छाप्रेहरुको घरआँगनमा हुन्छन् । हले कोदाले बनीबुतो गरी पेटपाला गर्ने बनियाँर, गोठाला, खेताला श्रमिक–किसानको वीचमा संगठन गरी हिँड्ने, उनीहरुको चेतना तिखार्न बस्ती–बस्ती चाहारी हिँड्ने कामरेड; बेलुका बास बस्ने वेलामा झुप्रीलाइनबाट हमेसा अलप हुन्छन् । सर्वहारा साम्यवादको फूलजडी सपना देखाउने उनी रातिराति कहाँ जान्छन् ? के खान्छन् ? Read more