१९ साउन २०७८, भोजपुर । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा असार ९ गते आयोजित राष्ट्रिय कविता महोत्सवमा ‘देशको नक्सा’ शीर्षकको कवितामार्फत् प्रथम हुन सफल कवि कविता राई गृहगाउँमा सम्मानित हुनुभएको छ । राज्यकै सर्वोच्च प्राज्ञिक संस्थाद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रथम भई वडा, पालिका र समग्र जिल्लाकै गौरव बढाएबापत टेम्केमैयु गाउँपालिका वडा नं. Read more
२०७८ साउन १९ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘समकालीन नेपाली कवितामा समावेशीकरण’ नामक पुस्तक प्रकाशित भएको छ । पुस्तक साहित्य (पद्य÷काव्य) विभागको अनुसन्धान परियोजनाअन्तर्गत डा. बिन्दु शर्माले तयार पार्नुभएको हो । जम्मा चार परिच्छेदमा लेखकले विषय–विचारलाई पुस्तकमा प्रस्तुत गर्नुभएको छ । विभागीय प्रमुख प्रा.डा. हेमनाथ पौडेलका अनुसार समावेशीकरण लोकतन्त्रको महत्त्वपूर्ण Read more
सल्यान, सुर्खेत, रुकुम पश्चिम र जाजरकोट जिल्लाका साहित्यकारहरुको लागि ‘शेर सिमानामा’ कार्यक्रमको आयोजना गरिएको छ । सल्यान कला साहित्य परिषदको आयोजना, जाजारकोटी साहित्य आवाजको समन्वय र छेगागाड नगरपालिका १२ मनघाटको आर्थिक सहयोगमा जाजारकोट जिल्लाको छेडागाड नगरपालिकाको मनघाटमा ‘शेर सिमानामा’ कार्यक्रमको आयोजना गरिएको हो । आगामी साउन ३० गते शनिवारका Read more
काठमाडौं । २०७८ श्रावण १६ गते शनिवार दिन एभरेस्ट होटल नयाँ बानेश्वर काठमाडौंमा लेखक उत्तम निरौलाको दोस्रो कृति उपन्यास सखिला नेपाली समाजकी वरिष्ठ साहित्यकार पद्मावती सिंहको बाहुलीबाट विमोचन भयो । सखिला तथा दृष्टिकोण परिवारले आयोजना गरेको कार्यक्रममा पद्मावती सिंह लगायत अन्य वरिष्ठ साहित्यकार श्री ओम् श्रेष्ठ, शंकर भारती तथा विदुषी Read more
२०७८ साउन १६ , काठमाडौ । डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौँमा साहित्यिक पत्रकार संघले कथाकार शशी थापा पण्डितको कथाकृति “उठ तिलोत्तमा”को विशेष परिचर्चा कार्यक्रम सम्पन्न गर्यो । वरिष्ठ आख्यानकार पुष्कर लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजना गरिएको थियो । “उठ तिलोत्तमा”को विशेष परिचर्चा Read more
काठमाडौं । मदन पुरस्कार गुठीले २०७७ सालको मदन पुरस्कारका लागि नौ पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीले प्रकाशित गरेको विज्ञप्ति अनुसार ‘मदन पुरस्कार २०७७’ का लागि वर्षभरि प्रकाशित भएका २२२ पुस्तकमध्येबाट अन्तिम नौ पुस्तकलाई श्रेष्ठ सूचिमा सूचिकृत गरिएको हो । चार लाख रुपैयाँ पुरस्कार राशि रहेको मदन पुरस्कार Read more
काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री केके कर्माचार्यले दुई बालकृति विमोचन गरेका छन्। बिहीवार भर्चुअल कार्यक्रममार्फत बाल साहित्य सर्जक प्रमोद प्रधानको बाल कविता संग्रह ‘रसैरस रसिली’ र विजयराज आचार्यको बाल कथा संग्रह ‘स्वयम्भूका आँखाहरु’ विमोचन गरेका हुन्। कृति विमोचनपछि कुलपति कर्माचार्यले दुबै कृतिको शीर्षक नै रोचक रहेको बताए। Read more
काठमाडौं, १० साउन लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई विषयवस्तु बनाएर पस्किएको कृति ‘फकलीको गाउँ’ पाठकमाझ आएको हो । यात्रावृत्तान्तमा आधारित विभिन्न शीर्षकमा दिएर बाइस गुच्छाहरूको संगालोको रुपमा तयार Read more
काठमाडौं । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको अध्यक्षमा प्रमोद प्रधान पुन: चयन भएका छन् । शनिवार(साउन ९,२०७८) साँझ भर्चुअल माध्यम जुमबाट भएको विशेष साधारण सभाबाट प्रधान अध्यक्षमा पुन: चयन भएको निर्वाचन समितिका संयोजक प्रा रामकुमार पाँडेले जानकारी दिए। केन्द्रको उपाध्यक्षमा विजयराज आचार्य पुन: दोहोरिएका छन्। महासचिवमा अनन्त वाग्ले चयन भएका Read more
९ साउन २०७८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक तथा महासचिव कमरेड पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा प्रगतिशील स्रष्टाहरूले उहाँका सहयोद्धा ९५ वर्षीय कवि हर्ष स्याङ्बोलाई सम्मान गरी कमरेड पुष्पलालको स्मरण गरेका छन् । साउन ७ गतेका दिन मनोहरा खोला किनारमा अवस्थित स्याङ्बोको निवासमा गई जेसुम अभियानका तर्फबाट स्रष्टाहरूले Read more