काठमाडौं ।
मदन पुरस्कार गुठीले २०७७ सालको मदन पुरस्कारका लागि नौ पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीले प्रकाशित गरेको विज्ञप्ति अनुसार ‘मदन पुरस्कार २०७७’ का लागि वर्षभरि प्रकाशित भएका २२२ पुस्तकमध्येबाट अन्तिम नौ पुस्तकलाई श्रेष्ठ सूचिमा सूचिकृत गरिएको हो ।
चार लाख रुपैयाँ पुरस्कार राशि रहेको मदन पुरस्कार २०१३ सालमा स्थापना भएको हो । श्रेष्ठ सूचीमा परेका पुस्तकहरू मध्येबाट एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा २०७७ को मदन पुरस्कार अर्पण गरिनेछ।
छनौट भएका पुस्तकहरू यसप्रकार रहेका छन् :
- एकलव्यको देब्रे हात
- करिया
- कल्प-ग्रन्थ
- नृत्याक्षर विज्ञान
- फिलिङ्गो
- फुलाङ्गे
- मोक्षभूमि
- रमिते
- लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०)