नेपाल कम्युनिस्ट पार्टीका संस्थापक तथा महासचिव कमरेड पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा प्रगतिशील स्रष्टाहरूले उहाँका सहयोद्धा ९५ वर्षीय कवि हर्ष स्याङ्बोलाई सम्मान गरी कमरेड पुष्पलालको स्मरण गरेका छन् । साउन ७ गतेका दिन मनोहरा खोला किनारमा अवस्थित स्याङ्बोको निवासमा गई जेसुम अभियानका तर्फबाट स्रष्टाहरूले खादा ओढाएर स्याङ्बोप्रति सम्मान प्रकट गरेका हुन् । स्याङ्बो पुष्पलालका एक मात्र जीवित सहयोद्धा हुन् । पुष्पलालका प्रिय सहयोद्धा कवि स्याङ्बोका दुई कवितासङ्ग्रह प्रकाशित छन् ।
जेसुम अभियानका अभियन्ता अनिता लामा, स्नेह साय्मि, सुरेश हाचेकाली, दीपेन्द्र वनेपाली लगायतले कवि स्याङ्बोका एक एकओटा कविता पाठ गरेका थिए । कवि स्याङ्बोले चाहिँ कमरेड पुष्पलालका सम्बन्धमा प्रकाश पारेका थिए । जेसुम अभियानकी अभियन्ता कवि अनिता लामाले नेपाल कम्युस्टि पार्टीका संस्थापक तथा महासचिव कमरेड पुष्पलालको स्मृति दिवस मनाइरहँदा लामो समय कमरेड पुष्पलालसँगै आन्दोलनमा होमिएका तर गुमनाम जिन्दगी बिताइरहेका कमरेड पुष्पलालका सहयोद्धा तथा वयोबृद्ध कवि हर्ष स्याङ्बोलाई सम्मान गरी ४३ औँ पुष्पलाल स्मृति दिवस मनाएको बताइन् ।
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।