मेरो मार्ग दर्शनमा हरेक कण कणका गुरु म जन्मिएको धर्ती म लतपतिएको माटो मेरी आमाको काख मेरा बुवाको तातेताते आड मेरी दिदीको ॲगालो मेरा दाजुको स्नेह मेरी बहिनीको आदर निरन्तर यी सवैका सिकाइ पहिलो र अहिलेसम्मका पाठशालाका गुरु मेरो हृदयदेखिको नमन । ओल्लो पल्लो घर तल माथि र परपरका मेरा सबै आफन्त र छिमेकी धुलोमाटो खेल्ने साथीहरु ती कान्ला, ती पाटाहरु ती रुख विरुवा र फलहरु खरिढुंगा, त्यो काठको पाटी लेमस कप्टेरा तिखारेको कलम ॲगार र तेलको कालो मसी पातलो र ढड्डा कापीका पानाहरु औंला समाएर गोलोगोलो पार्न धर्का तान्न सिकाउने गुरु मेरो हृदयदेखिको नमन । मेरो स्कुल मेरो महेन्द्रमाला र हिसाब स्कुलको आडैको बरपिपल मेरा पुर्खाले चिनेको चौतारो त्यहाँ बहने शीतल हावा आँपका बोटहरु चर्को घामका छाहारीहरु त्यो पारिपट्टिको रानीबन लालीगुरॅासका गुच्छाहरु गुनाथुम र घोर्लासीको चुचुरो आँखा वरिपरिका पहाडहरु त्यो बादल र आकाश छिनछिनमा बदलिने मौसम मेरो मन र मनका अनन्त प्रश्नहरु उत्तरित र अनुत्तरित मेरो पाठशाला पाठशालाका सबै गुरु मेरो हृदयदेखिको नमन । घरबाट पर नदेखेका मान्छेहरु नचिनेका मान्छेहरु परिचय लिदै र परिचय दिंदै बाटो बताउॅदै गरेका कलेजहरु बॅाड्दै गरेका ‘नलेज’हरु कोही सित्तैमा त कोही मोलमोलाइमा किन्नेले किनेका बेच्नेले बेचेका हुलमुलबाट ठगिनेहरु हुलमुलमा सिक्ने र सिकाउनेहरु तिनै भिडभाडबाट प्लेटो, अरस्तु एरिस्टोटल , नेपोलियन बुद्ध, विमान र विश्व चिनाउने विशाल विश्वविद्यालयहरु उही विश्व पाठ्शालाका गुरु मेरो हृदयदेखिको नमन । स्वतन्त्रताको पाठ आफ्नो पाउ आफ्नो शरिर वस्त्र, श्रृंगार, भोजनका लागि कर्म पाइला पाइलाका चुनौती र सम्भावना संघर्ष बोकेको जीवन प्रेम, प्रेमिल साथीहरु धोखा, अविश्वास र चोटहरु आशा, विश्वास र भविष्यको बाटो बाँचिसकेको जीवन बाँच्न बाँकी जीवनका दर्शक भौतिक अभौतिक पथप्रदर्शक गुरु मेरो हृदयदेखिको नमन । (अमरिका)