रुढीबादीहरूले बनाएको जातपातदेखि डराएँ मायाले कठघरामा राखी दिएको घातदेखि डराएँ सबै मान्छे रगत मासुले नै बनिएको हो हजुर सत्ताले श्रेणीमा राखी गरीबलाई मारेको लातदेखि डराएँ । स्वच्छ समाज गठन अन्धविश्वासको टालो हटाउनु पोथी बासे घर संसार चल्दैन भनेको बातदेखि डराएँ । मर्यादाको घेरो छोरी- चेलीलाई मात्रै किन हजुर छोराको गल्ती Read more
(१) फूल कहाँ फूल जस्तो हुन्छ पात झरेपछि बाचा कहाँ बाचा जस्तो हुन्छ घात गरेपछि यताउता तलमाथि सबै रित्तो-रित्तो हुँदा मान्छे कहाँ मान्छे जस्तो हुन्छ मन मरेपछि । (२) मैले देख्ने सपनामा आँखा आँखा डुल्छौ तिमी मेरो मनको बगैचामा डाली डाली फुल्छौ तिमी कुन शब्दले बयान गरुँ कहाँ कता सजाऊँ Read more
तिमी विनाको जिन्दगी मरे सरी हुँदै थियो खुसी हुने रहरले झन् हजार चोट थापियो । सिचेर दायरा तिमी गयौ कतै रमाउन अनेक प्रश्न मनभरी गडेर आज बल्झियो । गरेर घात गै गयौ लुटेर बैँशको धन बचेको जो थियो उही खुसी समेत टाढियो म स्वार्थ लिन्न प्रेममा भनेर आउथ्यौ तिमी यो Read more
(१) कुनै समय यस्तो दिन आउन जरुरी थ्यो प्रेमको नाउँमा कान समाउन जरुरी थ्यो मान्छेमा दुनियाँ देख्ने म जस्तो पागलले तिमीबाट ठूलो धोका पाउन जरुरी थ्यो। (२) गरी नराख खेला ज्यान गुमाउनु पर्ला भएर जम्मै भेला ज्यान गुमाउनु पर्ला गोर्खेको रगत उम्लिरहेछ मेरो नसामा परिस् भने फेला ज्यान गुमाउनु पर्ला। Read more
बाबा शैल समान हुन् जनक हुन् साक्षात् तिनी ईश्वर त्याग्छन् भोग विलास नित्य तिनले सन्तानको खातिर ब्रह्मा विष्णु महेश हुन् भवनको सन्मार्ग देखाउने आफ्नो खुसीहरू भुलेर जगमा सन्तान हुर्काउने।।१ बाबा हुन् घरका अखण्ड बलिया खम्बा र भित्ता पनि छैनन् सम्मुख ती भने सहजले हेप्छन् झिँगाले पनि बाँधा बिघ्न हटाइ नित्य Read more
साथी, तिमी हिमाल बन र तिम्रो प्रयास तिमीबाटै प्रस्फुटित कलकल बग्ने निश्छल पवित्र नदी बनोस् । आखिर तिर्खा मेट्ने त नदीले नै त हो; सागरले प्यास कहाँ मेटाएको छ र ! साथी, तिमी हिमाल बन। (मणिपुर) Read more