तिमी विनाको जिन्दगी मरे सरी हुँदै थियो खुसी हुने रहरले झन् हजार चोट थापियो । सिचेर दायरा तिमी गयौ कतै रमाउन अनेक प्रश्न मनभरी गडेर आज बल्झियो । गरेर घात गै गयौ लुटेर बैँशको धन बचेको जो थियो उही खुसी समेत टाढियो म स्वार्थ लिन्न प्रेममा भनेर आउथ्यौ तिमी यो प्रेमको नशा थियो अचम्म रोग फैलियो । सफर छ दूर सम्मको छ विश्व एक वृत्तमा हुने छ भेट एक दिन भनेर सास सल्कियो । (पोर्चुगल)