(१) फूल कहाँ फूल जस्तो हुन्छ पात झरेपछि बाचा कहाँ बाचा जस्तो हुन्छ घात गरेपछि यताउता तलमाथि सबै रित्तो-रित्तो हुँदा मान्छे कहाँ मान्छे जस्तो हुन्छ मन मरेपछि । (२) मैले देख्ने सपनामा आँखा आँखा डुल्छौ तिमी मेरो मनको बगैचामा डाली डाली फुल्छौ तिमी कुन शब्दले बयान गरुँ कहाँ कता सजाऊँ म वर्षासँगै इन्द्रेणी र आकाश झैं खुल्छौ तिमी । (३) कालोलाई सेतो बनाउनेहरु पनि छन् सेतोलाई कालो भनाउनेहरु पनि छन् दुनियाको खै के कुरा गरूँ र अचेल कुहिएर ठुस्स गनाउनेहरु पनि छन् । (पोर्चुगल)