पवित्र कोखमै भ्रुणहरुलाई वर्ण भेदका कुपोषित तुष्टिकरणमा बलात्कार गराउँदै आस्थाका झुटो उपदेश फरमान कोचार्ने खोक्रो श्रेष्ठ उपाधिमा आसिन हे अपाहिज समाज गोत्र गोत्रमा विच्छिन्नताका बिज धान्ने वर्ण भेदका मापदण्ड झुण्ड्याउने तिम्रो मस्तिष्क अपरेशन गरि हेर्न मन छ। बिचरी ती अबोध कोखका के दोष उसलाई के थाहा उसको जन्म तिरस्कार लाञ्छनामा अल्झने छ उसको योवनका हात उमेरहरू धुर्त निरंकुश हुकमत कुर्सीका महाजनका पैतालामा दबिने छ बिचरी ती अबोध गर्भको के दोष उसको सुन्दर लावण्य रूप पनि जात वर्ण कुरूपताका प्रतिरूपमा ढल्ने छ के उनलाई अधिकार छैन,इच्छा छैन एकै आँगनमा भैलेनी भट्टाउनलाई,हाँस्नलाई स्कुलमा सँगै खाना बाँटी खानालाई सुन्दर स्वर्णीम सपना बुन्नलाई? तिमी पुर्खाका हैकमवादी रोयल्टीमा मग्न छौ दलितका खुन दोहनमा तिम्रो अहोदा इज्जतको भव्यता दर्शाउने लबेदाहरू यही तुच्छ सियो धागोका श्रृङ्गार हो कढक दमनको आवज दिने बुट्टादार जुत्ताहरू यही क्षुद्र सुतारी धागेले चमकेका हो तिम्रो शीर खडा राख्ने ढाका टोपी यही चुत्थो हात तै त हो । सक्छौ भने नकार तिमी यी तुच्छ हातका उपजहरू सक्छौ तिमी, प्रतिस्पर्धा कोर्न छ आँट सामर्थ्य डराउँछौ तिमी हारको लाजले डराउँछौ तिमी सामन्तका धर्सा कोर्न तिमी कायर हौ,हुतियारा हौ पुर्खाका किपट रोयल्टीमा दलीत पसिना दोहन गर्ने रोबोट हौ। मेरो पानी तिम्रो चुल्होमा चल्दैन मेरो चामल तिम्रो भाँडोमा पाक्दैन मेरो बागका अबोध फूलहरू तिम्रो धाममा सज्दैन तर सभ्यताका ताज पहरिएका हे नग्न समाज नियालेर हेर त तिम्रो तिर्खा मेट्ने वर्तनमा मोरा जलेका औँलीहरूका छाला छ तिम्रो सभ्य उन्नत कोठाका जिनीसहरुमा यी तुच्छ हातका चक्रहरू गाँजीएका छ।। (दार्जिलिङ)