बजारमा एउटा पसल राखेका थिए पदमबहादुरले। पसलमा दुई सहयोगी र आफै पनि लाग्दा ग्राहकको सामान दिनलाई आपत हुन्थ्यो। बजारमा पसल भएपनि बसोबास गाउँको शान्ति माहोल नै रूचाएका थिए पदमबहादुरले। उनको धर्मपत्नी जमुनाको कोखबाट दुई जुम्ल्याहा छोरा र एक छोरीको जन्मभएको थियो।
सानैबाट तीनैजना पढ्नमा मेधावी थिए। आमाबाबले छोराछोरीलाई राम्रो संस्कार दिएर हुर्काएका थिए। आफ्नो नानीहरूको राम्रो पढाई, राम्रो संस्कार देख्दा आमाबाबलाई अरू के चाहियो र रु आफ्नो सन्तानसित सन्तुष्ट थिए दुवै।
दुई दाई टी।डी।सी। पुगेका थिए। बहिनी रुपा एघारमा दाखिला गरेर हायर सेकेन्डरी जाँदै थिइन।
जस्तो नाम उस्तै रुप ईश्वरले पनि दिएका। आमाबाबले जानेरै नाम राखिदिएका रहेछन। रुपमा त्यस क्षेत्र र क्याम्पसमा रुपा जतिकी अरू कोहि सुन्दरी थिएनन्। बाटोमा हिँड्दा बालक, वृद्ध, जवान महिलासम्म एकचोटि फर्केर हेर्ने गर्दथे उसको सुन्दरतालाई। पाँच फीट चार इन्चजतिकी अग्ली, लामा लामा केश, आँखा मृग जस्ता, गोरो वर्ण हेर्दा अतिनै सुन्दरी।
गाउँको ठाउँ, दसवीँ पास हुने बित्तिकैबाट कन्यअर्थ आउनेका ताँती थिए घरमा। रुपालाई भने राम्रो पढेर कुनै एउटा जागीर गर्ने विचार थियो। छोरीको इच्छालाई हेर्दै बाबाले कन्यअर्थ आउनेलाई विनम्र हुँदै छोरीको आकाङ्क्षा सुनाउने गर्थे। धनको केहि कमी थिएन र पढेसम्म पढाउने विचार थियो पदमबहादुरको।
रुपा बाह्रमा पढ्दै थिइन। एकदिन सेकेन्डरीबाट घर फर्किदै थिइन। बाटोमा तीन केटाहरू मिली पछाडिबाट केहि सुँगाएर बेहोस पारे। दुईजनाले छिटो(छिटो बोकेर गाडीमा हाले। अर्काले गाडी चलाएर लगे। एउटा नौ दस वर्षको केटो स्कूलबाट आउँदै गर्दा परैबाट रुपालाई बोकेर गाडीमा हालेको देख्यो। छेउमा जाने आँट गरेन र डरायो।
त्यहाँबाट दुगुर्दै गएर जमुनालाई सबै घटना सुनायो। जमुनाले फोन गरेर रूँदै त्यो केटोले भनेको सबै कुराहरू सुनाइन, पदमबहादुरलाई। पसल छिटो बन्द गरेर केहि सहयोगीलाई लिएर हस्याङफस्याङ गर्दै घर पुगे। गाउँमा धेरै जातिका मान्छे थिए। र उनीहरू सीधै मुखियाका घर गएर भएको घटनाको जानकारी गराए। मुखियाले यसबारे उनलाई केहि जानकारी नभएको जनाए।
रुपाको भाग्य राम्रो थियो होला सायद, गाउँमा सबै भेला भएर खोजी गर्दै थिए। अचानक फौजीहरू त्यता पेट्रोलिङ हिँड्दै आए। सबै भेला भएको देख्दा उनीहरूले सोधपुछ गर्दा कारण पत्तो लगाए।
फौजी सीधै मुखियाको घर गएर माइकबाट गाउँका सबैलाई यहाँ अहिले हाँजिर गराउन अर्डर गरे। छिटो भन्दा छिटो हाँजिर हुनु भन्ने निर्देश भयो।
आधा घण्टासम्ममा गाउँका युवक, वृद्ध, महिलाहरू सबै जम्मा भएका थिए। रुपालाई अपहरण गरेको गाउँका सबैलाई थाहा हुन्छ। सबैले एकछिन आ(आफ्नो भाषामा कुरा गरे। उनीहरूलाई यता(उता फोन लगाएर टुङ्गो लगाए, गाउँकै केटोले अपहरण गरेको रहेछ भन्ने बुझे।
यता त्यो अपहरण गरेको केटाले उसको विवाहित बहिनीको घर लगेर गएछ सीधै। बहिनीको आँगनमा गाडी रोकेर तीनजनाले मिलेर रुपालाई बोकेर भित्र लगे। बहिनी तीन छक्क पर्दै सोधिछिन्– “यो केटी त मेरो स्कूलको सहपाठी रुपा हो। यसलाई के भयो र यसरी बेहोस हालतमा यहाँ लिएर आयौ।”
“बहिनी पहिला मलाई माफ गरि सुन ल, यो रुपालाई म आन्तरिक हृदयबाट माया गर्छु। कति चोटी प्रेम प्रस्ताव राखीसकेँ, जहिल्यै इन्कार मात्र गर्छिन। म उ बेगर बस्नु नसक्ने भएर आज अपहरण गरेर यहाँ लिएर आएको। आज मलाई तिम्रो सहयोग चाहिएको छ।”
“दाई, तर, आज तिमीले सही काम गरेनौ। एकतर्फी माया कहिले सफल हुँदैन। रुपाको घरमा कति खोजी हुँदैछ होला। उनी त मेरो धेरै मिल्ने साथी हुन्। उ माथिको यस्तो अत्याचार म सहन सक्दिन। रुपालाई अहिले उसको घर छोड्नु जाउ।”
“तिमी मेरो बहिनी भएर यस्तो भन्छेउ कति मुश्किलले आज यहाँसम्म ल्याउनु सफल भएको छु। मेरो माया तिमीले के बुझ्थेउ ।”
रुपालाई अलि(अलि होश आएको जस्तो देखे, तर उ कक्रिएर मुखबाट फिँज निकाल्दै मुख, नाक बङ्गयाउदै दाँत किट्दै थिइन।
स्कूलमा पनि यस्तो कहिलेकाहीँ हुने गर्थ्यो रुपालाई। यसलाई छारेरोग यानी मिर्गीको बिमारी छ भन्थे स्कूलमा। यस्तो हुँदा शिक्षकहरूले छिटै अस्पताल पुऱ्याएर घरमा खबर दिने गर्थे। ल अब छिटो अस्पताल पुऱ्याउनु पर्छ, छिटो गाडीमा चढाउ।
अस्पताल पुऱ्याई सक्दा रुपाका बुवा, गाउँका थुप्रै मान्छे र मुखियाज्यू त्यहि पुगे।
हजुरहरू एकछिन शान्तसित बसिदिनुहोस। म यो केटासित एकान्तमा कुरा गर्छु मुखियाले भनेर त्यो केटोलाई पर लगेर निकै बेर बात गरे। मुखियाले भनेको कुरा कसैले हस्तक्षेप गर्दैनन् र सबै शान्त भएर बसे।
दुई घण्टाजतिमा रुपालाई होश आयो। छक्क पर्दै ओरपर हेर्दै थिइन। अहिलेसम्म उसित के(के भयो बेखबर थिइन। बुवाले छेउमा आएर सोधे – “नानी तिमीलाई अहिले कस्तो छ ?”
“अलिक टाउको भारी भएर दुःखेको छ। बुवा म त क्याम्पस गरेको थिए। यहाँ कसरी आए ?”
“तिमी बेहोश भएछौ र हामीले लिएर आएको छोरी। तिमी आराम गर्दै गर ल, म डाक्टरलाई भेटेर आउछु” भनी निस्किए। डाक्टरले रुपालाई एकचोटी जाँच गरेर हेरेपछि अब घर लग्दा हुन्छ भने।
अर्को दिशातिर गाडी गएको देखेर रुपा छक्क पर्दै एकछिन त सोचिरहिन। डराउँदै बुवालाई सोधिन् – “घरतिर नगएर हामी कता जाँदै छौँ रु आज तेरो काकाको घर जाने हो। भोलि बिहान घर फिर्ता हुने हो।”
“काकालाई केहि भएको त छैन नी बुवा ?”
“केहि भएको छैन भेटघाट गरौँ भनेर हो। तँ केहि चिन्ता नगर।” भन्दै सोचे ( ‘यसलाई ती केटाले बेहोश गरेको केहि याददाश छैन सायद।।। केटाहरूले अपहरण गर्नुभन्दा पहिलै यसलाई बिमारीले छोपिसकेको रहेछ होला र केहि सम्झना छैन। नत्र भए केहि त भन्थी।’
बाटैबाट भाइलाई हामी आउँदै छौँ भनि खबर गरे। भाइको घर पुगेर रातीको खाना खाएपछि पदमबहादुरले आज घटेको घटना सुनाए।
“यो त सानो कुरा होइन दाजु। त्यो केटाको यत्रो साहस भएछ गाउँका चेलीबेटी अपहरण गर्ने रु त्यसलाई पुलिस केश गरी जेलमा हाल्नुपर्छ। भोलि म पनि हजुरसितै जान्छु र त्यसको धुलाई गर्छु।”
“मैले अगिनै पुलिसमा एफ।आई।आर। गर्छु भनेको थिए। मुखियाबाले यो गाउँका मामला हो म नै मिलाउँछु भन्दै थिए। आमाको रोएर हालत बिग्रेको छ भन्दै थिए गाउँकाले।”
“भोलि रुपालाई लगेर जानु पर्छ। नत्र डराएर लुकाएको भन्छन्। आफ्नो मानो खानु छ किन डराउने तिनीहरूसित। म एकचोटी थर्काएर आउँछु। चेलीको रक्षा गर्न आउँछ मलाई।”
“म त एक(दुई दिन यहाँ छोरीलाई राख्छु सोचेर आएको थिए, तर तिम्रो कुरा सुन्दा सही लाग्यो। हामीले के बिराएका छौँ र ? मुखियाबाले सकेनन् भने त्यो केटाहरूलाई जेल पुऱ्याउनु पर्छ।”
रुपा, पल्लो कोठामा बसेर सुनिरहेकी थिइन् छक्क पर्दै। त्यो केटा माथि कति रिस उठ्दै थियो। अहिले गएर ठूलो लौरोले हान्न मन लाग्दै थियो।
भोलिपल्ट बिहानै भाइ(बुहारी सहित गाउँ पुगे। उनीहरू आएको खबर सुनेर मुखियाज्यू भेट्न पदमबहादुरको घर पुगे।
गाउँमै केश मिलाउ, प्रहरी नगरौँ भन्ने सल्लाह दिए मुखियोले। त्यहाँको नियममा गाउँका मुखियाले सभामा दिएको आदेश सबैले पालन गरेको हुनैपर्ने नियम थियो। यहाँसम्म कि मुखियाको आदेश पालन नगर्नेलाई गाउँबाट निकाल्ने नियम थियो।
पदमबहादुरको भाइले मुखियालाई सोधे – “के ग्यारेन्टी छ कि फेरि त्यो केटाले यो हर्कत गर्दैन भन्ने ? हामीलाई त केश फायल गरेर त्यसलाई जेल हाल्ने मन छ।”
“काम पनि माफी दिन लायक गरेको छैन केटोले। गाउँमा सबैको इज्जतको सवाल छ। यो कुरा गाउँबाट बाहिर गयो भने सबैको बदनाम हुन्छ। हुने नहुने अनेक लाञ्छना लगाउँछन्। म ग्यारेन्टी लिन्छु रुपा मेरी पनि छोरी हो। यो गाउँको एउटा घमण्ड पनि हो उसको सुन्दरता।”
पदमबहादुरले निकै बेर सोचे। छोरासित केहि अनर्थ हुनुबाट भगवानले बचाए। मुखियाज्यू हजुरले यसरी ग्यारेन्टी लिन्छु भन्दा हामी पुलिस केश नगर्ने भइयो। तर आइन्दा फेरि यस्तो घटना नहोस्। राम्रोसित मिलाई दिनुहोस्।
भोलिपल्ट नै मुखियाले गाउँका सबैलाई बोलाएर सभा राखे। सबैले पहिला केटाको बयान सुन्ने भए।
त्यसले सबैको अगाडि माफी माग्दै भन्यो – “मैले गरेको काम माफी गर्ने योग्य छैन तर आज यो सभाको अगाडि भन्छु, आजबाट रुपालाई म मेरो बैनीको नजरले हर्नेछु। र उसको हिफाजत गर्छु। के बुद्धि आयो मलाई यस्तो काम गरेँ। रुपालाई मैले छोएको पनि छुइन यसको साक्षी यो मेरो दुई साथी र बहिनी छन्। हुनसक्छ भने यो पापीलाई माफी गरिदिनुहोस्।” भन्दै विन्ती चढायो।
लामो बहसपछि सबैले एकपल्टको लागि माफ गर्ने निर्णय गरे। आइन्दा यसले गाउँमा कुनै प्रकारको घटना गरे, परिवार सहित गाउबाट निकासित गर्ने लेखापढी गरी सभा विसर्जन गरे।
(कांग्लातोङबी, मणिपुर)