साथी, तिमी हिमाल बन
र तिम्रो प्रयास
तिमीबाटै प्रस्फुटित
कलकल बग्ने
निश्छल पवित्र नदी बनोस् ।
आखिर तिर्खा मेट्ने त
नदीले नै त हो;
सागरले प्यास कहाँ मेटाएको छ र !
साथी, तिमी हिमाल बन।
(मणिपुर)
Copyright © 2016, नेपाली साहित्य घर. All rights reserved.