कसैले केही गरिदिएन भनेर किन पिर गर्छौ ? तिमीलाइ हेर्ने तिम्रै दुई आँखा छन् तिम्रो डुङ्गा पार लगाउने तिम्रै दुई हात छन् यो धरतीमा बिचरण गर्ने तिम्रै दुई पाउ छन् तिमीलाइ सुन्ने तिम्रै दुई कान छन् तिमीलाइ महशुश गर्ने तिम्रै आकाश जत्रो मन छ तिम्रो पल प्रतिपलको नाडी छामेर सही Read more
यदि फुल्नै परे ललाम भई तिमी काँडैकाँडाभित्र फुलेको मन पर्छ। तिमीलाई चुँड्ने हातहरू बेस्सरी घोचियोस् अनि ती दर्दहरूमा जिन्दगीका गीतहरू खोजियोस् अङ्गमा गाडिएका हजारौँ काँडाहरूमा जीवनका प्रश्नहरू भेट्टाइयुन्। तिमी... काँडैकाँडाभित्र फुलेको मन पर्छ। (मणिपुर) Read more
खचाखच् यी इन्छाहरूका लागि फगत रेलकै प्लेटफार्म मात्रै हो कि यो जिन्दगी! कुद्छन् ठेलमठेल गर्दै इच्छाहरू यो प्लेटफार्ममा एउटासित अर्को ठोकिँदै एउटाले अर्कोलाई कुल्चिँदै लछार्दै पछार्दै हुत्याउँदै, कुल्चिँदै, कसैलाई कसैको वास्ता छैन कसैलाई कसैको चिन्ता छैन सिर्फ डब्बामा पसिहाल्ने हतार छ सबैलाई सिर्फ गन्तव्यमा पुगिहाल्ने हतार छ सबैलाई, म Read more
उहिले, उहिले भीष्म पितामहले पाएको जस्तो इच्छा मृत्युको बरदान नपाए पनि निश्चित आयुसम्म बाँच्ने बरदान त जो कोइलाई पनि तागेरा निङ्ग्वाफ़ू माङ्ग्ले दिएको छ । अब, उही माङ्गले दिएको जीवन बाँकी रहुन्जेल के के, के केहरू सँग जुध्दै जुध्दै भए पनि फ़क्ताङ्गलुङ्ग जस्तो हावा हुरीले पनि नडगमगाउने अटल पहाड भै, Read more
पस्पतेको पुरा नाम पसुपति भए पनि गाउँमा सबैलाई उसलाई “पस्पते” भनेर चिन्छन् वा बोलाउँछन्। दार्जीलिङ निवासी नेपाली मुलका हिन्दीमा नाम भएका “हम जाएगा” ले अंग्रेजी बोल्दा “द कार इज खम्र्यांग खुम्रुङ्ग इन द बासघारी” भन्थे रे। कम्तीमा तीन तीनवटा भाषाका ज्ञान भएका हम जाएगा जस्तै प्रतिभावान ब्यक्ति हुन् मन Read more
गजल – मिना पौडेल
आफ्नै मनलाई सम्झाई बुझाई परदेशिएको हो घरको अवस्था कै कारण दाइ परदेशिएको हो। खरको छानो टाल्दा टाल्दै टाल्ने ठाउँ हराएपछि टिनको छानो छाउने कसम खाइ परदेशिएको हो। आफन्तहरू भएर पनि आफ्नोपन नपाएपछि आफ्ना धेरै इच्छाहरू मनमै दबाइ परदेशिएको हो। रमाउने समयमा पनि कमाउनु परेपछि नै दाइले पढ्न छाडेर जिम्मेवारी समाइ Read more
बिसाएर बिसाउन नसकिने घटाएर घटाउन नसकिने समस्यै समस्याको भारीहरू बोकेर हिँड्दैछु निरन्तर जिन्दगीको घुम्तीहरूमा निधारबाट बगेको जलधारामा दैनिक स्नान गर्दै चढ्दैछु निरन्तर म जिन्दगीका हिमशिखरहरू । पाइला पाइलामा पहिरोको डर बोकेर कठ्याङ्ग्रिने जाड़ोमा शरीर कपाउँदै कपाउँदै उभिइरहेको हुन्छु कुनै हिमश्रृङ्खलामाथि विवश बनेर लाचार बनेर। कहिलेकाँही त झनै अन्धाधुन्ध बगाउने गर्दछन् Read more
भुलहरू पनि विचित्रकै हुन्छ्न् चप्लेटी ढुङ्गामा बिसाउन नसक्ने परालको गुन्द्रीमा सुकाउन नसक्ने तीघ्राको पिलो निचोरेझैँ निचोरेर आँखो निकाल्न सक्ने हुँदैनन् भुलहरू । भुलहरू भुलजस्तै हुन्छ्न् अरू केही जस्ता हुँदैनन् । भुलहरूको प्रजनन क्षमता हुन्छ एउटा भुलले कति कति भुल जन्माउँछ माकुराको जालोले बेरेझैं भुलले मानिसलाई बेर्छ ऐँठन हुनेगरी निचोरेर वाँइ Read more
तुषारिएको छ जिन्दगी कर्म र कर्तव्यमा- पुषको रातमा कम्बल विहीन सडकमा सुत्ने बेघर सरी छटपटाउँदै छन् आकांक्षा र सपनाहरू भक्कानो छोडी । म तातो आलिसान महलमा गुट्मुटिए पनि मेरो भित्रको 'म' कठ्याङ्ग्रिरहेको छ- कतै कतै यो संसारी धर्मको शून्यतामा कुनै दिन छुन्छु भनी निश्चय गरेको लक्ष्यलाई कलेटी पारेर आज त्यो Read more
गाडी-मोटर, धन-सम्पत्ति सबै लिएर के पायौ दाजु-भाइ, बा-आमाको खुन पिएर के पायौ हेरत तिमी भन्दा पनि महान् मान्छे सुतेका छन त्यो चीतामा, दुई दिनको जिन्दगीमा अहंकारमा जिएर के पायौ ? तिमीले गरेको झुठो प्रशंसा बुझ्नै सकिनँ तिमीले गरेको अबोध प्रश्नहरू सुन्नै सकिनँ मुख छ भन्दैमा मेरो भावनासँग नखेल न प्रिये, Read more