कसैले केही गरिदिएन भनेर
किन पिर गर्छौ ?
तिमीलाइ हेर्ने तिम्रै दुई आँखा छन्
तिम्रो डुङ्गा पार लगाउने तिम्रै दुई हात छन्
यो धरतीमा बिचरण गर्ने तिम्रै दुई पाउ छन्
तिमीलाइ सुन्ने तिम्रै दुई कान छन्
तिमीलाइ महशुश गर्ने तिम्रै आकाश जत्रो मन छ
तिम्रो पल प्रतिपलको नाडी छामेर
सही गलत छुट्याउने
तिम्रै विशाल हृदय छ,
तिम्रो लागि धड्कने तिम्रै पानपाते मूटु पनि छ तिमीसित
मेरो कोही छैन भनेर बिलौना नगर !
बुझ्यौ तिमी एक्ला छैनौ !!
(दमक, झापा हाल अबुधाबी)