यदि फुल्नै परे ललाम भई तिमी काँडैकाँडाभित्र फुलेको मन पर्छ। तिमीलाई चुँड्ने हातहरू बेस्सरी घोचियोस् अनि ती दर्दहरूमा जिन्दगीका गीतहरू खोजियोस् अङ्गमा गाडिएका हजारौँ काँडाहरूमा जीवनका प्रश्नहरू भेट्टाइयुन्। तिमी... काँडैकाँडाभित्र फुलेको मन पर्छ। (मणिपुर)