तुषारिएको छ जिन्दगी कर्म र कर्तव्यमा- पुषको रातमा कम्बल विहीन सडकमा सुत्ने बेघर सरी छटपटाउँदै छन् आकांक्षा र सपनाहरू भक्कानो छोडी । म तातो आलिसान महलमा गुट्मुटिए पनि मेरो भित्रको 'म' कठ्याङ्ग्रिरहेको छ- कतै कतै यो संसारी धर्मको शून्यतामा कुनै दिन छुन्छु भनी निश्चय गरेको लक्ष्यलाई कलेटी पारेर आज त्यो टाढा ध्रुवतारालाई नियाली कतै न्यानो घामले यो हिम जिन्दगीको .. संहार हुन्थ्यो कि भनेर.. हुन्थ्यो कि भनेर। (मणिपुर, भारत)