पाउ सडकमा होइन सडक पाउमा राख्यो हामीलाई प्रत्येक पल्ट बहकाउमा राख्यो । बोली–बोलीमा शीतल मल्हमको कुरा ग¥यो नुनचुक चहराइरहेको घाउमा राख्यो सांस्कृतिक रूपान्तरणको साह्रै गुड्डी हाँक्यो तर आफ्नै छोरीलाई साँघुरो छाउमा राख्यो सुशासन र समृद्धिको ठूलो भाषण छाँट्यो राख्ने बेला हाम्रो जिन्दगीलाई दाउमा राख्यो एक्काइसौँ शताब्दीको Read more
आमा ! म आज रातै फुलेकी छुँ हेर्नुस् त जस्तो वनभरि लालिगुराँस फुल्छ जस्तो बारीभरि गुलाव, सयपत्री अनि पानीभरि कमल र वाटरलिलीहरु फुल्छन् के फूल मन नपराउने मानिसहरु पनि बस्छन् र हाम्रो समाजमा आमा ? यदि त्यस्ता मानिस छैनन् भने किन हँसिया प्रहार गर्दैछन् मेरै फूलको बोटमा र पठाउँदैछन् आफूबाटै Read more
तिमीले भन्यौ- अयोग्यहरूलाई योग्य काम दिने यो आरक्षण भन्ने कुरा खारेज होस ! मेरो पनि भन्नु छ - सवैभन्दा बढी आरक्षणको उपयोग मात्र तिमीले गरिरहेका छौ तिमी सोधौला, कसरी ? ल सुन म भन्छु- प्राय मन्दिरको पूजारी कुन जातको छ ? संस्कृत विद्यापीठका प्राचार्य कुन जातका छन् ? प्राचार्य र Read more
अचम्मै भो डिभी परेपछि पुर्पुरोमा भाग्य सरेपछि । पारिबाट हल्लायो दुबै हात सुनकोशी नदी तरेपछि । ठूलो राम्रो अम्रिकन अफिसमा कागजपत्र सबै भरेपछि । लाग्ने डलर तुरून्तै सारिए रिन सापट जोहो गरेपछि । बा आमाले आँसु छोप्नु भयो चेकइन गर्न काउन्टर झरेपछि । (लस एन्जेलस) Read more
ऊ मर्यो केवल मर्यो मर्यो तर बाँच्यो मरेर पनि बाँच्यो ? अचम्म ! ऊ खरानी भयो माटोमा मिल्यो खोजेमा हाड्खोर अस्तित्वमा हाजिर छन् । बस् तर, ऊ जिउँदै छ बाँचेकै छ सबैको मनमस्तिष्कमा छ अझै हातेमालोमा छ मर्न पनि जान्नु पर्छ । कस्तो मरण ? त्रसित र आतङ्कित हो, मरण Read more
ए बा ! म जान्न जान्न भनेपछि म जाँदै जान्न मैले देखेको छु नि तिमी गयौ तिम्रो दुई थोपा रगतले अक्षरमा बुट्टा हाने कालो अक्षरलाई रातो बनाए उनीहरूको नाम मक्किएको थियो तिम्रो रगतले चमक दिए नयाँ नाम लेखिएन ए बा ! तिम्रो नाम त्यहाँ कतै देखिएन । तिमी रगत बगायौ Read more
कस्तो अनौठो–अनौठो नाचिरहन्छ दृश्य चञ्चल नयनमा अपत्यारिलो, अस्वभाविक आँखा पनि एउटा लयमा खोज्दोरहेछ दृश्य ऊ पाउँछ क्रमभङ्ग यथार्थ बनाउँछ आदर्श चित्र कोर्छ छातीभरि देशको अनेक–अनेक अमूर्त चित्र । ऊ संविधान खोज्छ ऊ संविधान अनुसार खोज्छ ऊ इमान्दार सहजकर्ता अनि खोज्छ ऊ अलिकता इमान्दार अभियन्ता बदलामा ऊ अर्थात् एउटा नागरिक खस्छ Read more