पाउ सडकमा होइन सडक पाउमा राख्यो
हामीलाई प्रत्येक पल्ट बहकाउमा राख्यो ।
बोली–बोलीमा शीतल मल्हमको कुरा ग¥यो
नुनचुक चहराइरहेको घाउमा राख्यो
सांस्कृतिक रूपान्तरणको साह्रै गुड्डी हाँक्यो
तर आफ्नै छोरीलाई साँघुरो छाउमा राख्यो
सुशासन र समृद्धिको ठूलो भाषण छाँट्यो
राख्ने बेला हाम्रो जिन्दगीलाई दाउमा राख्यो
एक्काइसौँ शताब्दीको कोलम्बस बन्छु भन्थ्यो
तर दुई खुट्टा नै दुईवटा नाउमा राख्यो ।
(बहराइन)