आमा ! आमा !! भन्दै दौडिँदै आयो ऊ छपक्क मेरो छातीमा आफूलाई टसायो भावविभोर भएँ म, मेरा आँखा रसाए अनि सदाझैँ मेरा मायाका छापहरू उसको मुहारभरि बरसाएँ । पाखुरी साना उसका समाई नियाली हेरेँ उसलाई रमाई अचम्म ! यो के अचम्म !! आज अर्कै देखेँ उसलाई । त्यो सुलुत्त परेको Read more
राज्यसत्तामा पुगेको अनुदार शासक जस्तै एउटा कवि पनि हुनसक्दो रहेछ - साच्चै निरङ्कुश ! स्वतन्त्रताको बारेमा गजबको कविता लेखिरहेको छ भन्दैमा सोच्नु गलत हुँदोरहेछ स्वतन्त्रताकै पहरेदार - उसलाई स्वतन्त्रताको बारेमा लेखिएको उसको कविता त आफैंमा हात्तीको देखाउने दातजस्तै रहेछ ! ऊ आफैं हुँदोरहेछ भित्रभित्रै स्वतन्त्रताको सबैभन्दा खतरनाक दुश्मन ! सुन्न Read more
बिर्सिनेहरुलाई नै हरपल सम्झिनु छ मैले त पत्थरको जवाफ फूलले दिनु छ तिमी खुकुरी म अचानो, कस्तो अनौठो नाता आखिर तिम्रै साथमा सधैंभरि काटिनु छ म सलाई हुँ , पत्करसँग के पो घमण्ड गरौं ! उसलाई सल्काउनु पूर्ब आफैं सल्किनु छ म तिम्रै अघि छु, गीत या गजल जे Read more
खित्का छाडेर हाँसिरहेछन् पल्लाघरे छिमेकी शिथिल भएर सुतिरहेछन् मान्छेको एक हुल चुपचाप छ न्याय–अन्याय सकेको छैन छुट्टिन, चित परिरहेछु म नजिकै छेऊमै छन् शक्तिशाली ज्ञानका महा नदी बगिरहेछ हज्जारौं वर्षदेखिको मानवयात्रा बर्षौ वर्षदेखिको पीडा बिर्सेर पनि गनगन गर्दै आमा पाल्दैछिन् सन्तान ईख नै नभएका योजना नै बनाउन नसक्ने सन्तान छुट्टिएको Read more
गिरतनी, थाहा छ तपाईंलाई ? यो मुसाको दुलोभित्र खन्याएको पानीले पाताल भेटाउछ / भेटाउदैन, या सोसिदिन्छ यो मट्टीले मेरा आँखाबाट नअटाएर खसेको केही ढिक्का आँशुलाई जस्तै । म चानो ऋषिदेव, ऋषिहरुको देउता भएर नि अपवित्र छु । सोच्छु बारबार चक्राइरहन्छ मेरो माथ अनि, मेरो पुर्खा सबरी मुसहर्नीले दिएको जुठो बयर Read more
जिन्दगीको अदलबदलमा उनै छिन् मैले रच्ने हरेक गजलमा उनै छिन् ! छतमा आई सोध न बाटोको लम्बाई भुइँमा म, आलिसान् महलमा उनै छिन् । गास्, बास्, कपास् जोड्दा परिश्रममा बग्ने हरेक् पसिनाको खल्खलमा उनै छिन् । बिहानी, दिउसो, बेलुकी, रातिमा विपनी, सपनी हरपलमा उनै छिन् । सौम्य, उजाड्, शून्य, शान्त Read more
सदाचारभन्दा झन् भ्रष्टाचार देखियो कुर्सी चढेपछि दम्भ र अहंकार देखियो । मनपरीतन्त्र छ समझदारी सहमति छैन एउटै सन्तानहरूमा अलग धार देखियो । सुख, शान्ति र समृद्धिको त कुरै नगरौँ श्रमजीवीको न गास न घरबार देखियो । चुनावमा जिताएर तिनै मालिक भए भोट दिने श्रमजीवीको विचरा हार देखियो । खोक्रो देखावटीपन Read more
अरू के नै हुन्छ होला र तिमी जान्छौ भने ? यत्ति त हो- कहिलेकाहीँ आँखाबाट खसिजाने आँसुले सम्झाइरहने छन् हाम्रा कसमहरू यत्ति त हो, तिम्रा यादका गन्तव्य पछ्याइरहनेछन् मेरा प्रेमिल भावनाका बटुवाहरूले तिमीलाई सधै माया गर्ने मुटुमा फेरि अलिकति माया बढ्नेछ बरु ! के नै हुन्छ र तिमी जान्छौ भने Read more





