सदाचारभन्दा झन् भ्रष्टाचार देखियो
कुर्सी चढेपछि दम्भ र अहंकार देखियो ।
मनपरीतन्त्र छ समझदारी सहमति छैन
एउटै सन्तानहरूमा अलग धार देखियो ।
सुख, शान्ति र समृद्धिको त कुरै नगरौँ
श्रमजीवीको न गास न घरबार देखियो ।
चुनावमा जिताएर तिनै मालिक भए
भोट दिने श्रमजीवीको विचरा हार देखियो ।
खोक्रो देखावटीपन केवल झिलिमिली छ
न त सक्कली रूप न त भित्री सार देखियो ।
(रुकुमकोट)