काठमाडौं ।
नेपाली कविता र नाटक बिधाका सशक्त हस्ताक्षर गोपी सापकोटाको पहिलो उपन्यास ‘काँचो कागज’फागुन बजारमा आएको छ । ‘काँचो कागज’कलम प्रकाशनले प्रकाशित गरेको हो ।
उपन्यास प्रेम, आशक्ति र अध्यात्मको बिषयमा रहेको कुरा लेखक गोपी सापकोटाले बताएका छन् । यसअघि गोपीका नाटक चार, कविता तीन र बालकथा एक गरी जम्मा आठ पुस्तक प्रकाशित भइसकेका छन् ।
बिगत तीन दशकदेखि नेपाली साहित्यमा सक्रिय सापकोटाको लेखनमा नवीनता पाइन्छ । नेपाली नाटकमा प्रयोगधर्मी नाटककारको रूपमा परिचित गोपीले उपन्यासमा के कस्तो प्रयोग गरेका छन् त्यो चाहिँ हेर्नै बाँकी छ ।
४३२ पृष्ठ रहेको उपन्यासको मूल्य ५९५ रुपैयाँ रहेको छ ।