अचम्मै भो डिभी परेपछि पुर्पुरोमा भाग्य सरेपछि । पारिबाट हल्लायो दुबै हात सुनकोशी नदी तरेपछि । ठूलो राम्रो अम्रिकन अफिसमा कागजपत्र सबै भरेपछि । लाग्ने डलर तुरून्तै सारिए रिन सापट जोहो गरेपछि । बा आमाले आँसु छोप्नु भयो चेकइन गर्न काउन्टर झरेपछि । (लस एन्जेलस)