पट्याउँदै रहरहरु मनभरि सँगै आँशु बोकेको ओसिलो पछेउरी लिएर साने ! तेरै बग्रेल्ती सम्झनाहरुमा वृद्धा आश्रमको छिँडी, पिँडी र बलेसीहरुमा रुँदै म जिउँदै रहेको भ्रमजस्तै अर्धमूर्छित बाँचिरहेछु । हिजोको मेरो कर्तव्यभन्दा धेरै आज जस्को परिणाम खोजे होला मैले क्रिडाका शुक्रविजहरु पत्थरमा छरेजस्तै अर्थहीन सोचेर तेरो जीवनको प्रारम्भ क्रिडाका रोमान्सबाट सुरु Read more
समाजसेवी अमरराज एक दिन बिरामी परे । उपचार छिटोछरितो होला। चाँडै नै निको भइएला भनेर उनी बिस्तारै बिस्तारै हिँडेरै नजिकको प्राइभेट हस्पिटल पुगे । चेकजाँच भयो । उनलाई भर्णा गरेर बस्नुपर्छ भनियो । उनको रगत, दिशा, पिसाब, खकार सबै जाँच गरियो । एक्स रे, अल्ट्रासाउड, सि टि स्क्यान पनि गरियो Read more
सबथोक गुमाएँ ममाथि भगवानको ज्यादती बढ्यो तिमी उत्सव मनाऊ तिम्रो त खुसीमा, खुसी बढ्यो ! ठुलो सभाको माझमा उसलाई चिन्दिनँ भनेकी थेँ, यता मुटुलाई असर परेछ एकाएक ढुकढुकी बढ्यो । साहुजी! हेर्नुस् त त्यो मान्छे आधा मुटु बोकेर हिँडेछ ठिक छ बाबु मेरो भट्टीमा एक अर्को अम्मली बढ्यो । कोही Read more
हेर ! हजारौँ वर्षदेखि दबेका-लाभाहरु बहिष्कृत-जाति-भाषाहरु शोषित-श्रम-पौरखहरु एकताबद्ध विस्फोटित-आन्दोलित छन । चराहरुको मुक्ति-गितले पिंजडा कामिरहेको छ सामाजिक गति-चेतनाले मनु-स्मृतिको जरा हल्लिएको छ । हेर ! सुन्दर-ज्वालामुखी उम्लिरहेको छ । परन्तु ऊ अझै चकमन्न छ जसरी, मुर्दा-निष्प्राण छ जसरी, आँधी-पूर्व प्रकृति मौन देखिन्छ । पक्का, मुक्तिको आँधी आउँदैछ । (ओखलढुङ्गा) Read more
सलाम छ तिम्रो स्वतन्त्रताको सोचलाई ! दासत्व मुक्तिका लागि जीवनभर मस्तिष्क खियायौ कैयौँपटक कोठरीमा थुनियौ कैयौँपटक प्रतिबन्धका झिरहरू रोपिए फेरि पनि तिमीले उन्मुक्तिको बुलन्द गीत गाइरह्यौ ! विचारको कुलेसो डो¥याएर जब तिमी बस्तीमा बग्यौ तब एकाएक उठे हातमा कुटो र गैँती बोकेर हजारौँ हजार निर्धा मान्छेहरू तिनै मान्छेहरूको बलिदानमा टेकेर Read more
सबैको नजरमा आउने सहयोगमा अति सहयोगी धुलाइमा मात्र होइन उपयोगमा अति उपयोगी सबैमा प्रिय म त केबल झुम्रो साथी अपार आनन्द दिने । सक्छु म पार्टीका झन्डामा सजिन गाडीको टलकमा उन्मात्त हुन महलका कुनाकाप्चामा लरबराउन म त केबल झुम्रो साथी अपार आनन्द दिने । कहिले पार्टीले भन्डा बनाउँछ कहिले मालिकले Read more