मस्तिष्क खनेर कागजका फुस्रा वियाडभरि यतिखेर, तिमी लाटा अक्षरहरूको बिउ छरिरहेछौ यतै-कतै एकहुल सुदामाहरू सारङ्गी रेटेर वर्षौदेखि गाइरहेछन् भोकको सवाई यस्तो लाग्छ यो धर्ती बाँझो राखेर खेतालाहरू निस्किएका छन् देशको मलामी र त्यही चिताको खरानी बटुलेर सत्ताका कालिगढहरू निरन्तर लेखिरहेछन् सनातन व्याकरण ! कोही त भनिदेऊ यी कुरानका गह्राहरूमा कति Read more
किन निर्मम समय मलाई बार बार गर्छ र दुख्ने ठाउँहरू रोजेर बज्र प्रहार गर्छ । प्रारब्धले त्यसैको परीक्षा लिन्छ सायद जसले पटक पटक प्रहार स्वीकार गर्छ । कर्म त केवल मन भुलाउने उपाय हुन भाग्य हुनेले नियन्त्रण सारा संसार गर्छ । इतिहास साक्षी छ दु:ख उहीँ भोग्छ जो आफ्नाहरू माथि Read more
फूल नउठेको, भर्खर फक्रिन आँटेर पत्र निस्किन फुट्नै आँटेको लार्भाभन्दा अलि पाको, प्युपा गुलाबै त नभनौं गुलावको तरेली हो मलाई गुलावको त्यही तरेली मन पर्छ । फुलिसकेपछि त्यो मेरो हुन्न मालीको हुँदै हुन्न भ्यालेन्टाइनको रोज डे या भनौं प्लस टू को प्रपोज डे अरु नै कोही हुन्छ अख्तियार बीउ रोप्नेलाई, Read more
स्वार्थको झोला बोकेका छन् उनले झोलामा खोला बोकेका छन् उनले । केटाकेटी भनी भुलाउन होला, हेर कोकाकोला बोकेका छन् उनले । तस्करी गर्छन् हिरा जवाहरातको तोलाका तोला बोकेका छन् उनले । मित्रजनलाई भेटे सताउनका लागि बारुलाको गोला बोकेका छन् उनले । सानालाई भेटे त ताकेरै हान्छन् हातमा सोला बोकेका Read more
आमाको उध्रिएको चोली बाबाको फाटेको टोपी सिउन आफ्नै रहर र जवानी बन्दकी राखेर बिहानीको मिर्मिरे किरणसँगै प्रवासिएको म बासेको थिएन भाले तन्द्रा मै उठेथ्यो छोरो र भनेथ्यो बाबा ! धेरै पैसा कमाएर आउनुस् है । म पैसा फल्ने सहरमा अनेकन सपनाका गगनचुम्बी महलहरु बनाउँदै स्वाधीनतालाई जमानी राखेर परतन्त्रता र दासत्वसँग Read more
मेरो देश एक महाआख्यान थियो विभिन्न जाति–समुदाय स–साना आख्यानसरह थिए तर अचानक संसदभवनको बार्दलीमा जे.एफ. ल्योटार्डको भूत प्रकट भयो र महाआख्यानको अन्त्य घोषणा गरिदियो र हाम्रो महाआख्यान रातारात विनिर्माण भयो । हामी विभक्त भयौं खण्ड–खण्डमा जातिगत भाषागत क्षेत्रगत सम्प्रदायगत र खोज्न थाल्यौं आ–आफ्नो अस्तित्व इतिहासको कालखण्डमा राष्ट्र र राष्ट्रियताको कोल्टे Read more
तिमी यहीँ हुँदा त नाफिनीका काडाँहरुको पनि काम आउथ्यो किनकि भाउजुहरु कान छेड्न आउनुहुन्थ्यो नन्दहरु नाक छेड्न आउथे तर तिमी बसाइँ सरेपछि त बगैंचाका मौरीहरु पनि बसाइँ सरे फुलहरुपनि ओइलिएर मरे । तिमी बसाइँ सरेपछि त हाम्रा वडा अध्यक्षहरुले तिम्रो गाउँ जाने बाटोमा सडक पुन्रनिर्माणका बजेटहरु कटौती गर्नथाले फलस्वरुप तिमी Read more