'म' बस्नको निम्ति भित्र पसेको छु 'तिमी' बाहिर निस्कन मभित्र पसेकी छौ त्यसैले 'म' तिमीसँग जस्तै भएपनि छु रहन्छु । 'म' शान्त छु आक्रान्त छु आफ्नै तातोमा भत्भत् पिरोलिन्छु आफ्नै जाडोमा कक्रिएर बस्छु यही भाषाको मकलमा यस्तै यिनै शब्दका झिल्का तापेर बस्छु- छु तिमीभित्रै पसेकी भएपनि मेरो यस्तो शान्त मुद्राले Read more
यसपाली जस्तो बाढी यसअघि कहिल्यै आएको थिएन गाउँमा । ... योपालीको बाढी गाउँ पसेपछि खेतका लहलहाउँदा बाला देखिएनन् पसिना बगाएको खेत देखिएन बस्ती देखिएन, घरहरु देखिएनन् बाटो देखिएन आफ्नै पदचापहरु देखिएनन् ... जताततै समयको धमिलो सागर देखियो त्यही सागरमा देखिए उत्साहले बगेका कुटिल आँखाहरु उमङ्गले बगेका हिंस्रक नंग्राहरु कुनै उत्सव Read more
“नमस्कार हाकिम सा’ब ! म निखिल, हजुरकै पार्टीको, हजरकै कट्टर अनुयायी । हजुरलाई भव्य स्वागत गर्दै सफल र सुखद कार्यकालको कामना गर्दछु ।” “नमस्कार ! नमस्कार!! निखिलजी । अब सहयोग गर्ने पालो तपाईहरूकै हो ।” हाकिमले भने । निकै समयको रस्साकसीपछि संस्थानमा राजनीतिक नियुक्ति ल्याएर अर्को पार्टीका प्रमुखले पद Read more
म आधुनिकताले जेलिएको मान्छे मलाई आधुनिकता मन पर्छ परम्परागत सोचभन्दा पर म भुल्न चाहन्छु आधुनिकतामा । म भटमास बेचेर न्युटेला किन्छु किनभने न्युटेलामा आधुनिकता छ 'मिल्क टी'को पारखी म , दूध बेचेर एक कप तातो चिया पिउँछु म एक पोको म्याङ्गो फ्रुटी पिउँछु दुई किलो आँप बेचेर स्वास्थ्यप्रति सचेत म, Read more
लैना हुन कि बकेर्ना हुन बाच्छा-पाडा हुन कि बूढ़ाखाडा हुन किर्नाका लागि केही फ़रक पर्दैन आँगमा पर्न पायो भने छालामा टेक्न पायो भने लपक्कै लाएर/ छालाजस्तै भएर टपक्कै टाँसिन्छन् किर्नाहरू मानिलिऊँ कि- बाहिरी अवयव हुँदै होइनन् शरीरकै एक अङ्ग हुन् किर्नाहरू! खान नपाएर टाक्सिएका हुन् कि खाँदाखाँदा उकासिएका हुन् किर्नाको Read more
(१) धनी र अगुवाहरूका निम्ति जाग्छ यो समाज काम न दाम उनिहरूकै पछि लाग्छ यो समाज जब गरीब र कमजोरको न्यायको कुरा आउँछ तब पछि फर्कि किन टाडा़ भाग्छ यो समाज? (२) गरीबहरू कैयौंदिन भोकै बसेका छन धनीहरू भने सधैँ पाँचतारेमा पसेका छन् भ्रष्टाचारीको त खै के कुरा गरौँ हजुर Read more
यादको बगैंचामा बसेर पातहरूको पछि छिपिएर सम्झनाको हिक्का पठायौ कि सम्झनाको जंगार तर्दै गर्दा चिप्लिएर पो समझी पठायौ कि भुलभुलैयाको सिँडिमा ओर्लदै जाँदा ठेस लागेर लड्दा लड्दै अन्जानैमा कतै समझी पठायौ की किन चलिरहेछ मुटुमा हिक हिकी..? यता-उता कतै कौवा चरी उडिरहेको देख्यौ भने तिमीलाई सन्चो बिसन्चो कस्तो छ Read more