यादको बगैंचामा बसेर पातहरूको पछि छिपिएर सम्झनाको हिक्का पठायौ कि सम्झनाको जंगार तर्दै गर्दा चिप्लिएर पो समझी पठायौ कि भुलभुलैयाको सिँडिमा ओर्लदै जाँदा ठेस लागेर लड्दा लड्दै अन्जानैमा कतै समझी पठायौ की किन चलिरहेछ मुटुमा हिक हिकी..? यता-उता कतै कौवा चरी उडिरहेको देख्यौ भने तिमीलाई सन्चो बिसन्चो कस्तो छ भनी खबर बुझ्न आयो मान्नु त्यो चरी म नै हुँ, दायाँ बायाँ कतै ढुकुर चराहरू देख्यौ भने तिमीलाई अनायस दिलमा आँधीबेरी आउन सक्छ भनी तिम्रो मनमा शान्ति छाउन उडी आयो मान्नु त्यो पंछी म नै हुँ, कही कतै पंछीका प्वाखहरू उडी आएको भेट्न सक्छौ तिमीलाई समय र बाध्यताको जंजिरले बाँधी राख्न सक्छ भनी तिमीलाई स्वतन्त्रता आभास दिन आएको मान्नु त्यो पन्छीको पंखा म नै हुँ, कतै पहेलो रङका पुतलीहरू उडिरहेको देख्यौ भने भयको अभयमा अनिर्णयले बाधिन सक्छौं भनी तिमीलाई प्रेमको मघुमास भर्न आएको मान्नु त्यो प्रेमको प्रतीक म नै हुँ, कहीँ कतै होडिङ बोर्ड, बस, स्क्रिनहरूमा रिपिटेड अंकहरू देख्न सक्छौ जिन्दगीको भागदौडमा बाटो बिर्सन्छौ भनी जिन्दगीको जेब्राक्रस, चौरास्तामा अलमल हुन्छौ भनी सत् मार्ग संकेत गर्न आएको मान्नु त्यो चिन्ह्रहरू म नै हुँ, कही कुनै बेला रंग कोरिएको आकाश,बादल र इन्द्रेणी रङ देख्न सक्छौ दिन र रातको फिक्का रङ देखी आफूलाई रङ भर्न बिर्सन सक्छौ भनी तिम्रो जीवनमा सप्तरङ भर्न आएको मान्नु त्यो रङ म नै हुँ, हिँड्दा हिँड्दै तिम्रो हातबाट छुट्टी गएको आत्माको तलाउमा बजिरहने माधुर्य हार्मोनी धुन तिमीले छोडी हिँडेको एक आत्मा दुई शरीर अन्तर भएको तिम्रो ज्वाला आत्मा त्यो म नै हुँ । (ताप्लेजुङ/हाल दक्षिण कोरिया)