१.मान्छे सामाजिक प्राणी हो । यसलाई चेतनाको संवाहक र कर्ममा रमाउने प्रकृतिजन्य स्वभावको धनी मानिन्छ । यो आपसी सरसहयोग साटेर रमाउने प्राणी हो । आपसी मेलमिलापमा सहज जीवनशैली बाँचेर पृथक् र विशिष्ट परिचयको खोजी गरिरहने प्रवृत्तिले सक्रिय बनाएको मान्छे त्रिशूलीका ढुङ्गाभैंm आपसमा ठोक्किएर चिल्लिन चाहन्छ । जीवनपर्यन्त यस्तै यस्तै प्रतियोगितात्मक दौड दौडिरन्छ । यो उसको भरजन्म चलिरहने यत्न हो । कस्तो अचम्म छ । सृष्टिका अनन्त प्राणीमध्ये सँगै जन्मेहुर्केको साथीलाई होच्याएर अग्लिने दाउपेच पालेर अनौठो चरित्र खेलाउन खप्पिस छ मान्छे । यो आपसी भीडन्तसँग भिडी–भिडी जीवनलाई घाटमा पु¥याउँछ, विसर्जन गर्छ, पञ्चतत्त्वमै विलीन हुन्छ,सकिन्छ । प्राणी हित गरेको भए कीर्तिशेष हुन्छ । स्वार्थमा लतपतिएको भए मृत्युमुख पस्छ ।
२.मान्छे आपसी घोचपेच बोकेर हिँड्छ । यो एकले अर्कोलाई थिचेर बहादुर बन्ने जन्मौटे ईष्र्या लिएर आउँछ र सँगै लिएर जान्छ । गजबको छ स्वभाव । पूmल टिप्छ, च्यात्छ र काँडालाई गाली गर्न लाज मान्दैन । यस्तो चलन कहिले, कसले, कहाँबाट सुरु ग¥यो ? ठयाक्कै भन्न सजिलो छैन । कति भाइभारदारमा अस्वस्थ होडको विकार थुप्रिन्छ,। यही थुप्रो भत्केर समाजभित्र पस्छ र उपद्रो गर्छ ! जथाभावी मच्चिएर मर्यादा भत्काई भत्काई परिवार र व्यक्ति–व्यक्तिबिच फाँडिने अमानवीय प्रकृतिको छुल्याइँ जाबो त कति गर्छ कति ? यसबाट कसलाई कति लाभ हुन्छ ? यो कल्मष मनको तुच्छ उपजबाट कसले के पाउँछ, उसैले पत्ता लगाओस् । यसको सङ्ग्रह गर्ने खुत्रुके मसँग छैन । उसले जतन गरेको खुत्रुके प्याट्ट फुट्छ, फुटेपछि न हो खुत्रुके र खुत्रुके भित्रको छरिने ।
३.स्वच्छ मनले परिष्कृत विचार पस्किने दूरदृष्टि खै कसले कति विकसित ग¥यो कुन्नि ? कहाँ पु¥यायो, गोडमेल कति ग¥यो, उत्पादन कति बढायो ? अनुमान त प्रशस्त हुन सक्ला तर मूर्तीकरणको सम्भावना नजिक देखिँदैन । आज प्रत्येक मान्छे आफ्नो दुनो सोझ्याउने ध्याउन्नमा व्यस्त छ । किशोर वयदेखि प्रौढ, वृद्ध जो कोही आफ्नै मनोकाङ्क्षा परिपूर्तिमा तल्लीन छ, भ्याई नभ्याई छ उसलाई । अरुको हितमा समय, श्रम, सिप ज्ञान खर्चन पटक्कै तयार छैन मान्छे । हो, पूmल धेरैलाई मन पर्छ, मन पर्ने विषयका पछि धेरै लाग्छन् । यी मन–मनका धनी मान्छेहरु तँछाडमछाड गरिरहेर विवेक गुमाउँछन् र विना अर्थ जीवन गतिलाई अन्त्यष्टिमा पु¥याउँछन्, स्वाहा हुन्छन् । भइरहेको तथ्य यस्तै छ । ठान्छ ऊ तिखा काँडाले मलाई मात्र घोच्छ ।
४.जीवन धर्तीको सुन्दर सृष्टि हो । धर्ती नै हो सृष्टिको नियमानुसार निर्बाध चलखेल गर्न पाउनुपर्ने थरी थरी प्राणीहरुको साझा घर । यिनै अनेक प्राणीहरुमध्ये सचेतना बोकेको प्राणी भनेर मान्छेलाई चिनाउने अभ्यास प्राचीन कालदेखि हुँदै आएको छ तर के कति कारणले मान्छे मान्छे हो र सचेत छ ? विशिष्ट छ भन्ने कुराको अन्तर्य कोट्याउने हो भने उसको निजी स्वार्थभन्दा बलियो विकल्प अर्काे भेटिँदैन, उसले पछ्याएको पाइँदैन । हो, मान्छे आफ्नो लागि विशिष्ट हो तर समग्रमा विशिष्ट ? अन्य प्राणी हितमा उसले कुनै तृण त्याग गरेको उदाहरण खोइ ? कतै होला र ? सपाट सृष्टिका सबै अङ्गहरु केलाउँदा मान्छे स्वार्थकै वशीभूत छ । ऊ आपैm एक्लैको बोलबालामा रमेको देखिन्छ । विलासको फेर समातेर उभिन्छ । के हामी निजी स्वार्थमा लिप्त रहेर अरुको जीवन हर्नुलाई विशिष्टता मान्छौं ? कि सिङ्गो समाजको उज्यालोका लागि आपूm उत्सर्गित हुने इमानदार उत्साही नैतिक चरित्रलाई विशिष्ट देख्छौं ? जटिल छ है ! परिभाषित हुन ।
५.मान्छेको उछिनापाछिन छिर्के दाउसित आजन्म दौडमा निजी सुखकै लागि सहभागी भइरहेको छ । उसले भौतिक सुख प्राप्तिकै लागि प्रकृति र प्रकृतिजन्य उत्पत्तिको उपयोग आपूm खुसी गरिरहेको छ । जीवनजगतका यावत् पक्षको उपयोग आफ्नै सम्पन्नताका लागि गरिरहेको छ तर त्यो सम्पन्नता जीवन्त राखी सन्ततिलाई सन्तुष्टि दिने गरी सुकिलो राख्न सकिरहेको छैन । निजी सुखमा समग्र जीवन मुस्कुराउन सक्तैन भन्ने जान्दाजन्दै पनि सञ्चयको बौचो भर्ने लालसामा लिप्त रहेर पसिनाको अवमूल्यान गरिरहेको छ । ऊ ठसठस्ती कन्दै बेथितिको बौचो बोकिरहन्छ । यसैलाई अनन्त प्राप्ति ठानी सिरानी लिएर पल्टन्छ तर निदाउन सक्तैन ।
६.बाल्यावस्थादेखि अभिभावक, परिवार, विद्यालय, समाज, राष्ट्र जहाँ–जहाँ जे सकिन्छ त्यसमा निहित स्वार्थ पालिरहन्छ । स्वार्थकै निम्ति आवश्यक चेतनाको जोहो गर्छ र त्यसैमा रमाउँछ । आफ्नो रमाइलोका लागि अरुको सुख भत्काउनुमै बहादुरी देख्छ । जीवनमूल्य बोध गर्दैन । पशुपन्छीसँगै मान्छेले मान्छे नियन्त्रण गर्न तम्सिन्छ,,पानीको भँगालो थुन्छ ,चट्टान फुटाउँछ, आकाश भेदन गर्छु भनेर उत्ताउलिन्छ । यी र यस्ता धेरै गतिविधि मानवीय मर्म विपरीत गर्छ, प्रकृति विद्रुप बनाउँछ, भूगोल र प्राणी कल्याणको दायित्व भुसुक्क बिर्सन्छ । उसले बिर्सनुमै पुरुषार्थ देख्छ र पौरखी भएको अहङ्कारी पर्खालमा उभिएर अग्लिएको अभिनय गर्छ ।
७.मान्छेले भौतिक विकासको बाटो खन्छ,। स्वार्थलाई निकास दिन्छ, बिरुवा रोप्छ शीतल ताप्छ, स्वस्थ रहन्छ, जरीबुटी गोडमेल गर्छ, डढेलो निभाउँछ, हरियाली बढाउँछ, कुचो लाउँछ, खसी सुमसुम्याउँछ, जे–जे गर्छ, निष्कर्षमा आफ्नै सुरक्षाकवच बलियो बनाउँछ । बाँझो खन–जोत गर्छ, मल हाल्छ, बिउ छर्छ, सिचाइ डोल्याउँछ अन्त्यमा आफ्नै पोल्टो भर्छ, एकलै मोटाउन बल गर्छ । जीवन यात्राको प्रत्येक चरणमा स्वान्त सुखका यी गुच्छाहरु बटुल्नुमै व्यस्त रहन्छ, मख्ख पर्छ । यस्तो सुख नितान्त वैयक्तिक हुने गर्छ । बगैंचाको स्याहार गर्छ ऊ,आफ्नै मनोभावमा सौन्दर्य बढाउँछ, आपैm मनोरञ्जन लिन्छ, बाह्यावरण सजाउन र स्वच्छ हावा बगाउने पहल गर्छ आफ्नै निम्ति गर्छ नकि पूmलको वंश परम्परा बढाउन । गाई भैंसी पाल्छ, बाख्रा चराउँछ, हाँस, कुखुरा,बट्टाई, माछा, मौरी, घोडा खरायो,जुन–जुनको सेवा गरेको देखिन्छ त्यसमा स्वार्थवश गरिने अभिनय लडीबुडी हुन्छ । कस्तो कुरा ग¥यो कुरैको दुःख । मान्छे यतिसम्म स्वार्थी भइदिन्छ कि शरीरलाई स्वच्छ र मस्तिष्कलाई स्वस्थ राख्न नपर्ने भएको भए भुँडीको मलमूत्र पनि सञ्चय गरेर दरसन्तानलाई हस्तान्तरण गर्दो हो । अरु केहीले नभरिने लोभको भकारी यसैले भथ्र्यो कि ।
८.यी र यस्तै बिडम्बना बोकेर दौडिरहने मान्छेले ऐना हेर्न नडराए अनुहार छर्लङ्ग देखिन्छ । कुराले नपुग्ने काम चाहिने, काममा स्वार्थ नलतपतिने भए मान्छेले आपूmलाई साँच्चै विशिष्ट र सभ्य देखाउन सक्ने थियो । प्राणी हित विपरीत केही नगर्ने बाचा गरेको मान्छे व्यवहारमा यसरी धुवाँ, धुलो उडाएर रासायनिक पदार्थको प्रयोग गरी गरी स्वयं आपूm र समग्र प्रकृतिको विनाश मच्चाइरहने थिएन । कति राम्ररी बालकलाई पालनपोषण गर्छु, आवश्यक सबै सेवा दिन्छु भन्छ, आपूm अनुकूल नियमकानुन बनाउँछ र त्यसैले बाँधेर हुर्काउँछ । यसैमा मन कल्पाउँछ र अहिले गरेको सेवाले बुढेसकालमा पैंचो तिर्छ भन्ने विश्वासको पोको दरो गरी कसेर रमाउँछ,। यस्तै निम्छरो प्रवृत्तिले बन्धनमा राखेर हुर्काएका बालक ठुला भएपछि आदर सत्कार र स्नेह देऊन् भन्ने आशा भरोसाको राल काढ्छ । कस्तो होला है ! सबै बुझेर पनि नबुझेको अभनिय कलापारख गर्ने यो बडो विचित्रको मानवीय प्रवृत्ति ।
९.मान्छे आपैm भन्छ । खुरुखुरु भन्छ, भन्दै आएको छ, भनिरहन्छ–कागतीको बोटमा नास्पाती फल्दैन । मेवाको बोटमा स्याउ फल्दैन अर्थात् जे रोपिन्छ त्यही फल्छ । आपूmले अधीनमा राखेर हुर्काएको बालकबाट स्वाधीनताको आशा राख्छ,,आपैmले भनेजस्तो नमिल्दा दुःख पाएँ भनेर गुनासो गर्छ, मन दुखाउँछ, पीडा पोख्छ र आपूmले आफ्ना बाआमालाई कस्तो सेवा दिएको थिएँ, कति खुसी हुनुहुन्थ्यो मबाट बाआमा भन्ने मर्म बिर्सन्छ । मेरो व्यवहारबाट सन्तानले के सिके र सिक्दै आए ? हेक्का रहँदैन कि वास्ता गरिँदैन । खालि आफ्नो सुखको खोजी गरिन्छ । उसको निजी चाह बलियो बनेर मन ओगट्छ । सदैव आपूm खुसी हुने सुखी रहने अवसर पर्खिरहन्छ । उसले आफ्नै कथाव्यथा जोडेर आख्यान बनाउने दाउपेचमा रमाउन बल गर्छ । अरुका आङका लिखा कोट्याउने मान्छेले आफ्ना आङभरिका भंैंसी भेटाउँदैन । बोलक्कड न हो मान्छे, कुरा कति मिठा गर्छ । मेरो कारण परिवार त के कसैलाई पनि दुःख दिन्न, दिँदै दिन्न भन्छ, निर्धक्क भन्छ लाजै नमानी भनिरहन्छ तर मेरा गोरुको बाह्रै टक्का भनेर ढिपी कस्दा क–कसलाई कति मर्का परिरहेको हुन्छ ? अचानुको पिर खुकुरीले के बुझोस्, कहिले बुझेको थियो र ?
१०.पुर्खाले नयाँ पुस्तामा पुस्तान्तरण गर्दै आएको मान्छेको वास्तविक चरित्र यस्तै यस्तै पाइन्छ । वर्तमान आएर यसैमा ठोकिन्छ र यसरी नै घाइते हुन्छ । हिजो यस्तै रह्यो, आज उस्तै छ, भोलिको नियति दुरुस्तै रहने सम्भावना मान्छेसँगै छ । जीवन जेलेर असजिलोमा अल्झाएको प्रदूषणयुक्त प्रवृत्ति माझी–माझी व्यवहारले पखालेर स्वच्छ बनाउने अभ्यास थाती राखेर पाँच वर्षभन्दा कम उमेरको बालसुलभ आत्मीय उठबसको अपेक्षा त खोल्सामा हराएको औंठी घरको बत्तीमुनि खोजेजस्तै भएन र ? ‘अस्तु’
(पर्वत)