भर्खर उम्रेका जुँगाका रेखी मुसार्दै छ मेरो छोरो खै के सोच्दै छ कुन्नि ? जन्मभूमिसँग के भन्न खौज्दै छ कुन्नि ? कल्पनाको सागरमा हराइरहेको छ ऊ भित्रभित्रै डराइरहेको जस्तो छ ऊ मनमा एक्लै गुनगुनाइरहेको छ, मेरो जीवन भरोसाको छोरो । भिर पहराहरू फोरेर सुन निकाल्न सोच्दै हो कि ? आफ्नै Read more
धेरै वर्षपछि ब्युँझिएको म हेर्दै बाजेको अस्थिपञ्जरमा नियतिको क्रूर मजाक उभिएको छु चौबाटोमा खोज्दै लुटिएको धनुषकाणमा सभ्यताको प्रथम आवाज लगाउँदै कोम्बीमा धार फेरि आइपुगेको छु उही ठाउँमा जहाँ बज्ने गर्छ साकेन्वाको आदिम धुन जहाँ बग्ने गर्छ लोरीका लयहरूमा मुन्धुमको विस्मृत कथा । नाच्ने गर्छ अझै पनि स्मृतिको सुदूर सन्नाटामा धुजाधुजा Read more
हो, यहीँ कतै रोपेको थिएँ मैले सपनाको बिउ गर्दै उकाली ओराली गाउँ बेसीका हृदयभरि सजाएर सुनगाभा जीवन फुलाउने सपना सजाएको थिएँ र खोस्रेको थिएँ यिनै पहराहरू बगाएर पसिनाका अजस्र धारा सिँचेको थिएँ सपनाका पख्य्रानहरू । पुर्खाको थातलाई भाग्यसँग जोड्दै म खोज्दै थिएँ जीवनको अर्थ यहीँ कतै र निरुत्तर निरुत्तर मनलाई Read more
म फेरि आइपुगेको छु जेलर तिम्रो यो बन्दीगृहभित्र । घरि लछारिएर र घरि पछारिएर घरि कुटिएर र घरि कुल्चिएर म फेरि ल्याइएको छु यहाँ । तिम्रो आश्चर्य यो हाँसो साक्षी रहनेछ मेरो र तिमीले फेरि गर्नेछौ मेरो सीदाको व्यापार । आश्चर्यचकित छौ हैन ? तिम्रा उचालिएका आँखीभौंहरुले सोध्न खोजेको प्रश्न Read more
जसरी गोधुलीको पूर्व सन्ध्यामा झुल्किन्छन् एक हूल ताराहरू ठिक त्यसै गरी मान्छे नजन्मिदै जन्मिन्छ सपना । बाबुआमाका रहर र चाहनासँगै बर्षहरु खाएपछि हुर्किन्छ सपना क्रमशः बालक, किशोर र जवान भएर तन्नेरीसँगै कलेज जान्छ सपना कुनै सपना अधुरै हुन्छ र रहन्छ दागी लागेर पढ्नै छोडेको विद्धार्थी जस्तो । कुनै उच्चतहको प्रमाणपत्र Read more
मूढ – निम्ब तरु
मेरो मूढ चल्यो म हिँडिदिएँ बिना उद्देश्य । मेरो मूढ चल्यो म फर्किदिएँ यथास्थानमा । के मूढ चल्यो म बसिरहें नदी किनारमा । भनेमुताविक छैन् संसार यकिनन् जिन्दगी चलिरहेछ अब मेरो मूढले के भन्छ ? कुनै जात्राको लिङ्गो भएर रहन चाहन्थेँ मेला सिध्दिएपछि उखेलेर छिट्टै फाल्नेछन् फूलपाती त खोलामा सेलाउँछन् Read more
गमक्क परेको कोठाभित्र हिटरको राप ताप्दै लड्दा लड्दै हिउँमा मरेको मेरो कथामा आफ्नो राजनीतिक विचारको बम भयो नफुटाऊ ..... मेरो खाकी बर्दी छिछलेर बगेको रगत तिमी जस्ता खाकी लाउनेलाई बचाउन अझै आलो छ । माइक्रो फोन पाउँदा तोपको गति भन्दा तेज.. तिम्रो नक्कली दस्तावेज देशको झण्डामा लतपत सहिदको अघि .. Read more
मेरा निम्ति त्यहाँको झील र जंगल प्रकृतिका अद्भूत सिर्जना थिए । धुपी सल्लाको घारीमा पसेर केही क्षण ध्यानमग्न बनेँ । आनन्दको अर्कै दुनियाँमा हराएँ । धुपी सल्लाको निश्चल शान्तिले म भित्रपनि शान्ति र ध्यानको वीज रोपिदियो । लाग्यो घण्टौँ यही जंगलमा हराऔँ । घण्टौँ तपस्यामा लीन रहूँ । तर, Read more
‘बा हुनुहुन्छ ?’ आगन्तुकले आकस्मिक प्रश्न गरेपछि त्यहाँ उपस्थित एकछिन अलमलमा परे । अलि अल्लारे देखिनेले भन्यो— ‘बा त बालकोटको बार्दलीमा ।’ स्मित हास्यका साथ आगन्तुकले फेरि सोध्यो— ‘हैन, झाँक्री बा हुनुहुन्छ ? पो भनेको त !’ कुँडुलो लागेका मध्येबाटै आवाज आयो— ‘यहाँ कोही झाँक्री भएजस्तो लागेन । झाँक्री Read more
यौटा गीत तँ लेखिदे न दुनियाँ त्यै गीत गाई हिँडोस् यस्तो गीत तँ लेखिदे जगतनै त्यै गीतमा लठ्ठियोस् घन्कोस् मादल खैजडी र मुजुरा सङ्गीतमा बाँसुरी आऊन् विम्ब प्रतीक छम्छम गरी लालित्य शब्दावली । यौटा पुस्तक लेखिदे मन छुने बेजोड आख्यानको पढ्दा देश पढेँकि झैँ हुनसकोस् भण्डार होस् ज्ञानको घोचोस् चस्चस Read more